रास्वपा उपसभापतिमा सोबिता गौतमलाई प्रतिभा रावलको समर्थन

theoutsidenepal.com

रास्वपा उपसभापतिमा सोबिता गौतमलाई प्रतिभा रावलको समर्थन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ प्रतिभा रावलले पार्टीको उपसभापति पदकी उम्मेदवार सोबिता गौतमलाई आफ्नो समर्थन रहेको जनाएकी छन्।

सामाजिक सञ्जालमार्फत रावलले “विजयी भवः” भन्दै सोबिता गौतमको उम्मेदवारीप्रति शुभकामना व्यक्त गरेकी हुन्। उनले आफू सोबिता गौतमको प्रस्तावक बसेको जानकारी समेत सार्वजनिक गरेकी छन्।

रास्वपाको आन्तरिक निर्वाचनको माहोल तातेका बेला रावलको यो समर्थनलाई महत्वपूर्ण रूपमा हेरिएको छ। पार्टीभित्र युवा नेतृत्वको उदय र संगठनलाई थप सशक्त बनाउने अभियानका बीच सोबिता गौतम उपसभापति पदको प्रतिस्पर्धामा रहेकी छन्।

रावलले सामाजिक सञ्जालमा “विजयी भवः” सन्देशसहित सोबिता गौतमको सफलताको कामना गरेकी छन्।


प्रतिक्रिया