निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक कार्यक्रम पुनः सुरु गर्दै

theoutsidenepal.com

निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम भोलि आइतबारदेखि पुनः सञ्चालन गर्दै छ। आयोगको यही चैत १८ गतेको बैठकले उक्त कार्यक्रम पुनः सुरु गर्ने निर्णय गरेको हो।


आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले आफ्नो परिचयपत्रमा निहित विवरण प्रयोग गरी अनलाइनमार्फत नाम दर्ता गर्न सक्नेछन्।


राष्ट्रिय परिचयपत्र नबनाएका व्यक्तिहरूले आयोगको ‘प्रि–इन्रोलमेन्ट’ प्रणालीमार्फत अनलाइन फाराम भरी फोटो र औँठाछापसहितको जैविक विवरण प्रविष्ट गर्नुपर्नेछ।


नाम दर्ता गर्ने प्रक्रिया प्रदेश र जिल्ला निर्वाचन कार्यालयहरूबाट पनि सञ्चालन हुने छ।


प्रतिक्रिया