स्वास्थ्यमा सुधारपछि झापा जाँदै बालेन शाह

theoutsidenepal.com

काठमाडौँ।स्वास्थ्यमा समस्या देखिएपछि सुर्खेतबाट काठमाडौँ फर्किएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह स्वास्थ्यमा सुधार आएपछि आज झापा प्रस्थान गर्ने भएका छन्।


उनको सचिवालयका अनुसार काठमाडौँमा दुई दिन उपचारपछि घरमै आराम गरेका शाह अहिले पूर्ण रूपमा स्वस्थ भएका छन्। चिकित्सकको सल्लाहअनुसार आराम गरेपछि स्वास्थ्य अवस्था सामान्य बनेको जनाइएको छ।


शाह आजै आफ्नो निर्वाचन क्षेत्र झापा–५ पुग्ने कार्यक्रम रहेको छ। केही दिन उनी झापामै बसेर कार्यकर्ता भेटघाट, संगठनात्मक गतिविधि तथा तय भएका कार्यक्रमहरूमा सहभागी हुने बताइएको छ।


स्वास्थ्यमा आएको सुधारसँगै समर्थकहरूमा उत्साह देखिएको छ। उनका निकटस्थहरूका अनुसार आगामी दिनमा क्षेत्रीय गतिविधिलाई अझ सक्रिय बनाउने तयारी गरिएको छ।


प्रतिक्रिया