बेलडाँडीमा महिला सशक्तीकरण अभियान: बीना मगरलाई नेकपामा प्रवेश गर्दै दर्जनौँ महिला नेतृहरूको समर्थन

theoutsidenepal.com

कञ्चनपुर — महिला प्रतिनिधि जिताउने अभियानअन्तर्गत बेलडाँडीका एमाले र काँग्रेसका नेता–कार्यकर्तासहित दर्जनौँ महिला नेतृहरूले नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरी बीना मगरलाई समर्थन जनाएका छन्।


कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपाकी उम्मेदवार बीना मगरलाई पुनः संसद्‌मा पु¥याउने उद्देश्यले बेलडाँडीका विभिन्न वडा र गाउँबस्तीबाट पार्टी परिवर्तन गरी उनीहरू नेकपामा प्रवेश गरेका हुन्।


नेकपा केन्द्रीय सदस्य जीवनराज थापाका अनुसार बेलडाँडीमा महिला नेतृहरूको प्रवेशले बीना मगरलाई दोस्रो पटक सांसद बनाउने अभियानलाई व्यापक शक्ति दिएको छ। एमाले र काँग्रेसका महिला नेतृहरू — गगन थापा, गीता नगाल, चन्द्र थापा, करनसिंह बडुवाल, राजमती थापा, राधा बोगटी, शुशिला सिंह, करन खड्का, पवि थापा, ललिता चौधरी, जुगमती चौधरी, प्रतिभा थापा, पार्वती खड्का, बेलमती खत्री, जमुना चन्द, बेफानी चौधरी, लैया चौधरी, पुजु थापा, लक्ष्मी कुँवर, कालु चौधरी, बिर्मा चौधरी, सगराग डगौरा, पार्वती जेठारा, निरमा चौधरी, राधिका चौधरी, दिवानी चौधरी लगायतले नेकपामा प्रवेश गरेका छन्।


०७४ सालमा पनि विजयी बनेकी स्मरण गर्दै महिला नेतृहरूले यसपटक पनि महिलाका समस्यामा संवेदनशील नेतृत्वलाई जिताउने अभियानमा जुट्ने बताइन्। बेलडाँडीकी महिला अगुवा लक्ष्मी सिंहले चुनाव जितेपछि महिलाका मुद्दामा विशेष ध्यान दिन आग्रह गर्नुभयो।


समानुपातिक उम्मेदवार निरासा चौधरीले क्षेत्रको समग्र विकास र महिला सशक्तीकरणका लागि बीना मगरलाई विजयी गराउन मतदातालाई अपिल गर्नुभयो।


कार्यक्रममा वरिष्ठ देउडा गायक तथा नेकपा युवा नेता डम्बर खड्काले देउडा गीतमार्फत देश, जिल्ला र क्षेत्रको विकासका लागि उम्मेदवारलाई जिताउन आह्वान गर्नुभयो।


आइतबार चुनावी घरदैलो अभियानका क्रममा बेलडाँडी पुगेकी बीना मगरले क्षेत्रका विद्यमान समस्या समाधानमा पुनः प्रतिबद्धता व्यक्त गर्नुभयो। पूर्वमन्त्री रहेकी उहाँले आफू मन्त्री हुँदा भौतिक पूर्वाधार, सिँचाइ, कृषि, शिक्षा तथा पर्यटनका योजना अघि बढाएको स्मरण गर्दै आगामी दिनमा थप विकासका काम तीव्रता दिने प्रतिवद्धता जनाउनुभयो।


नवप्रवेशी नेता–कार्यकर्ताहरूले साविक दलमा रहँदा फरक पार्टीका उम्मेदवारलाई समर्थन गर्न कठिनाइ हुने भएकाले पार्टी प्रवेश गरी समर्थन जनाएको बताए। नेकपा बेलडाँडीका युवा नेता डम्बर शाहका अनुसार उम्मेदवारलाई विजयी गराउन जेन–जि युवा, महिला तथा ज्येष्ठ नागरिक सक्रिय रूपमा अभियानमा संलग्न छन्।


प्रतिक्रिया