टिकटकमा ‘नेपाली ब्रो’का रूपमा परिचित कुमार थापा श्रीमतीको हत्या आरोपमा पक्राउ

theoutsidenepal.com

टिकटकमा ‘नेपाली ब्रो’का रूपमा परिचित कुमार थापा श्रीमतीको हत्या आरोपमा पक्राउ

काठमाडौं, जेठ २३ — टिकटक तथा सामाजिक सञ्जालमा ‘नेपाली ब्रो’का रूपमा परिचित रेस्लर कुमार थापा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन्।

प्रहरीका अनुसार बालाजु क्षेत्रमा रहेको डेरामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा उनलाई शुक्रबार बेलुका पक्राउ गरिएको हो। घटनापछि प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान थालेको थियो।

प्रारम्भिक अनुसन्धानमा श्रीमतीको शव कोठाभित्र फेला परेको र शरीरमा धारिलो हतियार प्रहार गरिएको देखिएको प्रहरीले जनाएको छ। आरोपित कुमार थापालाई नियन्त्रणमा लिएर हाल प्रहरी वृत्त बालाजुमा राखिएको छ।

वास्तविक नाम कुमार थापा रहेका उनी व्यावसायिक रेस्लिङ खेलाडी हुन्। पछिल्लो समय भने टिकटक र अन्य सामाजिक सञ्जालमार्फत ‘नेपाली ब्रो’ नामले व्यापक रूपमा परिचित बनेका थिए। उनका भिडियोहरू युवामाझ लोकप्रिय रहेका थिए।

घटना सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक चर्चा भएको छ। एक चर्चित सामाजिक सञ्जाल व्यक्तित्वमाथि आफ्नै श्रीमतीको हत्या गरेको आरोप लागेपछि सर्वसाधारण स्तब्ध बनेका छन्।

प्रहरीले घटनाको कारण, पारिवारिक पृष्ठभूमि तथा अन्य सम्बन्धित पक्षबारे थप अनुसन्धान जारी रहेको जनाएको छ। अनुसन्धानपछि घटनाबारे थप विवरण सार्वजनिक गरिने प्रहरीले जनाएको छ।


प्रतिक्रिया