व्यवसाय राम्रो मात्र भएर पुग्दैन, बलियो ‘ब्रान्ड आइडेन्टिटी’ पनि आवश्यक : मन्जु सिंह हमाल

theoutsidenepal.com

व्यवसाय राम्रो मात्र भएर पुग्दैन, बलियो ‘ब्रान्ड आइडेन्टिटी’ पनि आवश्यक : मन्जु सिंह हमाल

काठमाडौं । व्यवसाय राम्रो हुनुका साथै त्यसलाई ग्राहकको नजरमा प्रभावकारी र व्यावसायिक रूपमा प्रस्तुत गर्न बलियो ‘ब्रान्ड आइडेन्टिटी’ आवश्यक रहेको मन्जु सिंह हमालले बताएकी छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै हमालले राम्रो व्यवसाय आफैँ नबोल्ने भन्दै त्यसको साइनबोर्ड, प्याकेजिङ, पेपर ब्याग, मेनु, उत्पादनको प्रस्तुति तथा समग्र ब्रान्डिङले व्यवसायको पहिचान निर्माण गर्ने उल्लेख गरेकी छन्।

उनका अनुसार व्यवसायलाई स्पष्ट र बलियो पहिचान दिन सक्दा ग्राहकले व्यवसायलाई व्यावसायिक रूपमा बुझ्नुका साथै त्यसलाई सम्झन र पुनः खोज्नसमेत सहज हुन्छ।

हमालले आफू आबद्ध Santustee Design & Print मार्फत व्यवसायको प्रकृति र आवश्यकता अनुसार डिजाइन, प्रिन्टिङ, प्याकेजिङ, पेपर ब्याग, बर्गर बक्स, पपकर्न बकेट, फ्लेक्स बोर्ड, लाइट बोर्ड, एलईडी बोर्ड, साइनजलगायतका ब्रान्डिङ समाधान उपलब्ध गराउने बताएकी छन्।

रेस्टुरेन्ट व्यवसायका लागि फुड प्याकेजिङदेखि पेपर ब्याग र साइनजसम्म, होटलका लागि समग्र ब्रान्ड पहिचानदेखि प्रिन्टेड सामग्री र साइनबोर्डसम्म तथा कर्पोरेट व्यवसायका लागि प्रोफेसनल स्टेसनरी, प्रचार सामग्री र विभिन्न ब्रान्डिङ एलिमेन्टमा सहयोग गर्न सकिने उनको भनाइ छ।

त्यस्तै रिटेल तथा फुड व्यवसायका लागि ग्राहकसँग प्रत्यक्ष जोडिने कस्टमाइज्ड प्याकेजिङ, ब्याग, बक्स तथा अन्य सामग्रीमार्फत ब्रान्डको प्रभाव बढाउन सकिने उनले उल्लेख गरेकी छन्।

“व्यवसायलाई केवल सुन्दर बनाउनु मात्र उद्देश्य होइन, ग्राहकले हेर्दा प्रोफेसनल महसुस गरोस्, सम्झँदा तपाईंको नाम सम्झियोस् र आवश्यक पर्दा फेरि तपाईंलाई नै खोजोस् भन्ने स्तरको ब्रान्ड प्रस्तुति बनाउन सहयोग गर्नु हो,” हमालले आफ्नो स्टाटसमा उल्लेख गरेकी छन्।

व्यवसायको सफलता व्यवसायीको मेहनत, सपना र लगानीसँग जोडिएको भन्दै उनले त्यसलाई ग्राहकको आँखामा सही रूपमा देखिने पहिचान प्रदान गर्नु ब्रान्डिङको महत्वपूर्ण भूमिका भएको बताएकी छन्।

Santustee Design & Print ले आफूलाई “Your Complete Branding Solution” का रूपमा प्रस्तुत गर्दै व्यवसायका विभिन्न ब्रान्डिङ आवश्यकतालाई एउटै समग्र अवधारणामा समाधान गर्ने उद्देश्य राखेको छ।


प्रतिक्रिया