उपराष्ट्रपतिसँग NRNA USA नेतृत्वको भेट, गैरआवासीय नेपालीका मुद्दामा छलफल
काठमाडौं । सम्माननीय उपराष्ट्रपतिसँग गैरआवासीय नेपाली संघ (NRNA) अमेरिका (NCC USA) का अध्यक्ष सतेन्द्र साह, संरक्षक महेश रेग्मी तथा प्रवक्ता सन्देश उप्रेतीले शिष्टाचार भेटवार्ता गरेका छन्।
भेटका क्रममा गैरआवासीय नेपालीहरूको हकहित, नेपाली नागरिकताको निरन्तरता, नेपाल प्रवर्द्धन तथा NRNA को आगामी कार्यदिशालगायत विभिन्न समसामयिक विषयमा सार्थक छलफल भएको बताइएको छ।
उक्त अवसरमा नेपाल र विश्वभर रहेका गैरआवासीय नेपालीहरूबीचको सम्बन्ध अझ सुदृढ बनाउने, नेपालको विकास तथा प्रवर्द्धनमा प्रवासी नेपालीहरूको भूमिका प्रभावकारी बनाउने विषयमा समेत विचार आदान–प्रदान गरिएको थियो।
भेटघाटको सम्झनास्वरूप सहभागीहरूले सामूहिक तस्बिरसमेत खिचाएका थिए। NRNA USA नेतृत्वले गैरआवासीय नेपाली समुदायका सरोकारका विषयमा राज्यको उच्च तहसँग निरन्तर संवाद र सहकार्यलाई प्राथमिकता दिँदै आएको जनाएको छ।