मनकारी समाजसेवी सुनिता गुरुङद्वारा दिपिका कार्कीको उपचारमा सहयोग

theoutsidenepal.com

मनकारी समाजसेवी सुनिता गुरुङद्वारा दिपिका कार्कीको उपचारमा सहयोग


काठमाडौं — मानवीय सेवाभाव र सहानुभूतिको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै समाजसेवी सुनिता गुरुङले दिपिका कार्कीको उपचारका लागि आर्थिक सहयोग प्रदान गर्नुभएको छ। सामाजिक सञ्जालमार्फत गरिएको सहयोग अपिललाई सम्बोधन गर्दै उहाँले रु ७,०००/- सहयोग गर्नु भएको हो।


विगत लामो समयदेखि बेल्जियमलाई कर्मथलो बनाउँदै आउनु भएकी गुरुङ निरन्तर समाजसेवामा समर्पित एक प्रेरणादायी व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ। विशेषगरी कोरोना महामारीको कठिन समयमा अक्सिजन सिलिन्डर तथा अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराई धेरैको जीवन बचाउन उहाँले खेलेको भूमिका अत्यन्त प्रशंसनीय रहेको छ।


असहाय, अपाङ्ग, बिरामी, अस्पताल तथा वृद्धाश्रमहरूमा निरन्तर सहयोग गर्दै आउनु भएकी उहाँको यो योगदानले फेरि एकपटक मानवताको सन्देश दिएको छ। दिपिका कार्कीको उपचारमा प्रदान गरिएको सहयोगले पीडित परिवारमा आशा र भरोसा थपिएको छ।


समाजका यस्ता उदार मन भएका व्यक्तित्वहरूको योगदानले नै मानवीयता जीवित रहन्छ भन्ने सन्देश दिँदै, सबैलाई सकेको सहयोग गर्न आह्वान गरिएको छ। सानो प्रयासले पनि ठूलो परिवर्तन सम्भव हुने भएकाले यस्ता अभियानमा सबैको साथ अपरिहार्य रहने देखिन्छ।


प्रतिक्रिया