नेपाल डे परेड भव्य बनाउने सहमति: NRN USA न्यूयोर्क च्याप्टर र जनजाति महासंघ अमेरिका बीच समझदारी

theoutsidenepal.com

अमेरिकामा आयोजना हुँदै आएको “Nepal Day Parade” लाई अझ भव्य, प्रभावकारी र व्यवस्थित रूपमा सम्पन्न गर्ने उद्देश्यसहित NRN USA New York Chapter र जनजाति महासंघ अमेरिका बीच महत्वपूर्ण समझदारी भएको छ।


यस सहकार्यको मुख्य लक्ष्य अमेरिकामा रहेका सम्पूर्ण नेपाली समुदायलाई एकताबद्ध गर्दै साझा सहभागिता र सहकार्यको माध्यमबाट कार्यक्रमलाई अझ व्यापक र सफल बनाउनु रहेको जनाइएको छ। आयोजकहरूका अनुसार, अबको नेपाल डे परेडमा विविध समुदायको प्रतिनिधित्व, सांस्कृतिक झाँकी तथा उत्साहजनक सहभागिता अझ बढाइनेछ।


यस अभियानलाई सफल बनाउन अग्रसर भूमिका निर्वाह गर्ने बसु लामिछाने र तोरण रोब्स गुरुङ को कार्यको प्रशंसा गरिएको छ।


NRNA NCC USA का अध्यक्ष सतेन्द्र साह ले नेपाल डे परेडलाई सबै नेपालीको साझा उत्सवका रूपमा स्थापित गर्दै यसलाई ऐतिहासिक सफलता बनाउने लक्ष्य रहेको बताएका छन्। उनले “एकता, सहकार्य र सहभागिता” नै कार्यक्रम सफलताको मूल आधार हुने उल्लेख गरे।


अध्यक्ष साहले सम्पूर्ण नेपाली समुदायलाई एकताबद्ध भई सहभागिता जनाउन आग्रह गर्दै नेपाल डे परेडलाई भव्य सफल बनाउन आह्वान गरेका छन्।


प्रतिक्रिया