एनआरएनए आईसीसीको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशनमा युवा संयोजक पदमा नविन निउरेको उम्मेदवारी

theoutsidenepal.com

काठमाडौं । गैरआवासीय नेपाली संघ Non-Resident Nepali Association (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने क्रम तीव्र बनेको छ। यसै क्रममा जापानमा सक्रिय युवा अभियन्ता नविन निउरेले युवा संयोजक पदका लागि आफ्नो उम्मेदवारी अघि सारेका छन्।


प्रवासी नेपाली युवाहरूको सक्रियता, नेतृत्व विकास र एनआरएनएलाई थप सशक्त तथा पारदर्शी बनाउने लक्ष्यसहित निउरेले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन्। उनले विश्वभर रहेका नेपाली युवाहरूलाई संस्थागत रूपमा जोड्दै एनआरएनएलाई अझ प्रभावकारी र एकताबद्ध बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।


उनको उम्मेदवारीप्रति विभिन्न देशमा रहेका नेपाली समुदायबाट सकारात्मक प्रतिक्रिया आउन थालेको छ। समर्थकहरूले “युवाको जोस, एनआरएनएको होस” भन्ने नारासहित निउरेको नेतृत्वले एनआरएनएमा नयाँ ऊर्जा र दृष्टिकोण ल्याउने विश्वास व्यक्त गरेका छन्।


एनआरएनएलाई अझ सशक्त, पारदर्शी र एकताबद्ध संस्थाका रूपमा अगाडि बढाउने नेतृत्व चयन होस् भन्ने शुभेच्छासहित निउरेको उम्मेदवारीलाई सफलताको कामना गर्दै समर्थकहरूले विजयको अग्रिम शुभकामना समेत दिएका छन्।


आगामी महाधिवेशनले विश्वभर छरिएर रहेका नेपालीहरूको साझा संस्था एनआरएनएको भावी नेतृत्व तय गर्ने भएकाले यसलाई प्रवासी नेपाली समुदायले विशेष चासोका साथ हेरिरहेका छन्।


प्रतिक्रिया