डोरड्यासमा उत्कृष्ट प्रदर्शन गर्ने व्यवसायका रूपमा युवा व्यवसायी प्रिन्स युवराज कार्की सम्मानित

theoutsidenepal.com

डोरड्यासमा उत्कृष्ट प्रदर्शन गर्ने व्यवसायका रूपमा युवा व्यवसायी प्रिन्स युवराज कार्की सम्मानित

सान होजे, क्यालिफोर्निया। युवा नेपाली व्यवसायी प्रिन्स युवराज कार्की डोरड्यास (DoorDash) द्वारा आयोजित DoorDash Business Workshop मा सहभागी हुँदै उत्कृष्ट प्रदर्शन गर्ने व्यवसायमध्ये एकका रूपमा सम्मानित भएका छन्।

सान होजेमा आयोजित उक्त कार्यक्रममा डोरड्यास टोलीसँगै विभिन्न सफल रेस्टुरेन्ट व्यवसायीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा प्रिन्स युवराज कार्कीको व्यवसायलाई डोरड्यास प्लेटफर्ममा उत्कृष्ट प्रदर्शन गर्ने व्यवसायका रूपमा विशेष रूपमा प्रशंसा गरिएको थियो।

यस अवसरमा कार्कीले डोरड्यास टोलीप्रति आभार व्यक्त गर्दै व्यवसायको सफलतामा ग्राहक, साझेदार तथा सम्पूर्ण टिमको महत्वपूर्ण योगदान रहेको बताए। उनले सामाजिक सञ्जालमार्फत, “DoorDash टोलीसँग उत्कृष्ट व्यवसाय कार्यशालामा सहभागी हुन पाउँदा खुशी लागेको छ। हाम्रो व्यवसायलाई DoorDash मा उत्कृष्ट प्रदर्शन गर्ने व्यवसायमध्ये एकका रूपमा चिनिनु गर्वको विषय हो। धन्यवाद, DoorDash!” भन्ने प्रतिक्रिया दिएका छन्।

अमेरिकामा नेपाली युवा उद्यमशीलताको सशक्त उदाहरणका रूपमा स्थापित हुँदै आएका प्रिन्स युवराज कार्कीको यो उपलब्धिले नेपाली समुदायका अन्य युवा व्यवसायीलाई पनि प्रेरणा दिने विश्वास गरिएको छ।


प्रतिक्रिया