काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) को १२औँ विश्व सम्मेलनबाट अष्ट्रेलियामा बसोबास गर्दै आउनुभएका हेमन्त काफ्ले ओसेनिया क्षेत्रको उप–संयोजक पदमा निर्वाचित हुनुभएको छ।
प्रवासी नेपाली समुदायमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएका हेमन्त काफ्लेको निर्वाचनलाई ओसेनिया क्षेत्रमा रहेका नेपालीहरूबीच एकता, सहकार्य र संस्थागत सुदृढीकरणको दिशामा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
उहाँले आफ्नो जिम्मेवारीलाई प्रभावकारी रूपमा निर्वाह गर्दै ओसेनिया क्षेत्रका नेपालीहरूको हकहित, अवसर विस्तार र संगठनलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
एनआरएनए आईसीसीको १२औँ विश्व सम्मेलनबाट निर्वाचित नयाँ नेतृत्वले विश्वभर छरिएका नेपालीहरूलाई एकताबद्ध गर्दै संस्थालाई अझ सशक्त र परिणाममुखी बनाउने अपेक्षा गरिएको छ।
नवनिर्वाचित उप–संयोजक हेमन्त काफ्लेलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।