काठमाडौं । जुनु गुरुङ गैरआवासीय नेपाली संघ (Non-Resident Nepali Association – NRNA) अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) की प्रभावशाली उपाध्यक्षका रूपमा चिनिँदै आएकी छन्। समाजसेवा, युवा उद्यमशीलता र पीडितको आवाजका रूपमा उनको सक्रियता प्रवासी नेपाली समुदायमा विशेष रूपमा प्रशंसित मानिन्छ।
युवा व्यवसायीका रूपमा स्थापित गुरुङले व्यवसायसँगै सामाजिक अभियानहरूमा पनि उल्लेखनीय योगदान दिँदै आएकी छन्। विदेशमा रहेका नेपालीहरूको समस्या, श्रमिक तथा महिला पीडितका मुद्दामा उनले निरन्तर आवाज उठाउँदै आएको भन्दै धेरैले उनको नेतृत्व क्षमताको प्रशंसा गरेका छन्।
विशेषगरी अन्यायमा परेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको हक–अधिकारका लागि उनले उठाएको आवाजलाई धेरैले “पीडितको बलियो आवाज” का रूपमा लिने गरेका छन्। विभिन्न सामाजिक अभियान, सहयोग तथा सचेतनामूलक गतिविधिमार्फत उनले प्रवासी नेपाली समुदायमा सकारात्मक सन्देश फैलाइरहेकी छन्।
एनआरएनए आईसीसीको उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै गुरुङले विश्वभर रहेका नेपालीहरूबीच एकता, सहकार्य र सामाजिक उत्तरदायित्वलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गर्दै आएकी छन्। उनका समर्थकहरूका अनुसार उनको सक्रियता र दूरदर्शी नेतृत्वले प्रवासी नेपाली समुदायलाई थप सशक्त बनाउने विश्वास गरिएको छ।