काठमाडौँ — देशको राजनीतिक वृत्तमा आज ठूलो हलचल देखिएको छ। रवि लामिछाने, बालेन्द्र साह (बालेन), स्वर्णिम वाग्ले र डिपि अर्याल बीच आज महत्वपूर्ण संयुक्त छलफल भइरहेको स्रोतहरूले जनाएका छन्।
उच्चस्तरीय यो बैठकमा नयाँ सरकार गठनसँगै मन्त्रिपरिषद् विस्तारको विषयमा गहन छलफल भइरहेको बताइएको छ। विशेषगरी मन्त्री छनोटको मापदण्ड, कार्यक्षमता, स्वच्छ छवि र जनअपेक्षालाई प्राथमिकतामा राख्दै नामहरू टुंग्याउने तयारी भइरहेको छ।
निकट स्रोतका अनुसार, आजै केही महत्वपूर्ण मन्त्रालयहरूका लागि मन्त्रीहरूको नाम टुंगो लगाउने सम्भावना उच्च रहेको छ। यसअघि नै आन्तरिक गृहकार्य तीव्र बनाएका यी नेताहरूबीच समन्वय र सहमतिको आधारमा निर्णय लिन खोजिएको हो।
राजनीतिक विश्लेषकहरूका अनुसार, यी चार प्रभावशाली नेताहरू एकै ठाउँमा बसेर निर्णायक छलफल गर्नुले देशको नयाँ सत्ता समीकरण र नीति दिशामा ठूलो संकेत दिनेछ। विशेषगरी युवा नेतृत्व र सुधारमुखी एजेन्डालाई प्राथमिकता दिने संकेत देखिएको छ।