गोपीकृष्ण काफ्ले एनआरएनए आईसीसी उपाध्यक्षमा निर्वाचित

theoutsidenepal.com

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) को उपाध्यक्षमा गोपीकृष्ण काफ्ले निर्वाचित हुनुभएको छ। सन् २०२५–२०२७ कार्यकालका लागि उहाँ क्यानडाबाट प्रतिनिधित्व गर्दै नेतृत्वमा पुग्नुभएको हो।


लामो समयदेखि प्रवासी नेपाली समुदायमा सक्रिय रहँदै आउनुभएका काफ्ले एक समर्पित समाजसेवीका रूपमा परिचित हुनुहुन्छ। उहाँले सन् २००३ देखि एनआरएनए अभियानमा सक्रिय सहभागिता जनाउँदै संस्थाको विस्तार र सुदृढीकरणमा महत्वपूर्ण भूमिका खेल्दै आउनुभएको छ।


एनआरएनए युकेका संस्थापक सदस्यमध्ये एक रहनुभएका काफ्लेले क्यानडामा पनि संस्थाको सुरुआती दिनदेखि नै विभिन्न जिम्मेवारी सम्हाल्नुभएको थियो। उहाँले बोर्ड अफ डाइरेक्टर्स (BOD), सचिव, महासचिव, अध्यक्ष (२०१७–२०१९) तथा सल्लाहकारका रूपमा कार्य गर्दै अनुभव बटुल्नुभएको छ। पछिल्लो समय आईसीसी सदस्यका रूपमा सक्रिय रहँदै आउनुभएका उहाँ अब उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको हो।


उहाँको नेतृत्वले एनआरएनएलाई अझ सशक्त, एकताबद्ध र परिणाममुखी बनाउने अपेक्षा गरिएको छ। साथै, विश्वभर रहेका नेपालीबीच सहकार्य, लगानी प्रवर्द्धन र संस्थागत विकासमा उहाँको योगदान महत्वपूर्ण रहने विश्वास लिइएको छ।


प्रतिक्रिया