अमेरिका — अमेरिकामा बसोबास गर्ने नेपाली समुदायबीच नेपाल डे परेड २०२६ लाई भव्य रूपमा सम्पन्न गर्ने तयारी सुरु भएको छ।
NRNA NCC USA का अध्यक्ष सतेन्द्र शाह ले सामाजिक सञ्जालमार्फत टाउनहल मिटिङमा उपस्थित हुन सम्पूर्ण नेपाली समुदायलाई हार्दिक आह्वान गर्नुभएको छ।
उहाँले जारी गरेको सन्देशमा उल्लेख छ कि विगत वर्षहरूझैँ यस वर्ष पनि नेपाल डे परेडलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न चरणका छलफल गरिनेछ। सोही अवसरमा विभिन्न उपसमिति गठन गर्ने र कार्यक्रमका लागि कन्भेनर नियुक्त गर्ने निर्णयसमेत टाउनहल मिटिङबाटै गरिने बताइएको छ।
आगामी फेब्रुअरी २२ तारिखका दिन आयोजना हुने उक्त टाउनहल मिटिङमा समुदायका अगुवा, संघ–संस्था, युवा तथा सबै सरोकारवालालाई सहभागी भई आफ्नो सुझाव र योगदान दिन अनुरोध गरिएको छ।
अमेरिकामा नेपाली कला, संस्कृति र पहिचान प्रवर्द्धन गर्ने महत्वपूर्ण कार्यक्रमका रूपमा नेपाल डे परेडलाई लिइँदै आएको छ। अध्यक्ष शाहले कार्यक्रमलाई अझ समावेशी र सफल बनाउन सामूहिक सहभागिता आवश्यक रहेको उल्लेख गर्दै सबैलाई उपस्थित हुन अपिल गर्नुभएको छ।
नेपाल डे परेड २०२६ लाई ऐतिहासिक र भव्य बनाउन समुदायको सक्रिय सहभागिता नै सफलता काे मुख्य आधार हुने आयोजक पक्षको विश्वास छ।