जापानमा नेपाली समुदायबीच सद्भाव बढाउन BBQ कार्यक्रम आयोजना
जापान — प्रवास नेपाली सम्पर्क विभाग, जापानको आयोजनामा नेपाली समुदायबीच आपसी सद्भाव, एकता र सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले विशेष भेटघाट तथा BBQ कार्यक्रम आयोजना गरिने भएको छ।
विभागका प्रमुख दीपक कार्कीका अनुसार कार्यक्रम भोलि Ichikawa Koen मा सम्पन्न हुनेछ। कार्यक्रममा जापानमा रहनु भएका नेपाली समुदायका अग्रज व्यक्तित्वहरू, विभिन्न संघ–संस्थामा आवद्ध प्रतिनिधिहरू, युवा तथा शुभचिन्तकहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।
आयोजकले यो कार्यक्रम कुनै एक दल वा समूहमा सीमित नभई सम्पूर्ण नेपाली समुदायलाई एकताबद्ध गर्ने साझा मञ्चका रूपमा लिइएको बताएका छन्। कार्यक्रममार्फत सहभागीहरूबीच आत्मीय सम्बन्ध विस्तार, अनुभव आदान–प्रदान तथा सहकार्यको वातावरण सिर्जना हुने विश्वास गरिएको छ।
विभागले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भई यसको गरिमा बढाइदिन तथा सुझाव र मार्गदर्शन प्रदान गर्न आग्रह गरेको छ।
कार्यक्रमलाई जापानस्थित नेपाली समुदायबीच आपसी सम्बन्ध सुदृढ बनाउने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।