देउवा दम्पतीविरुद्ध रेड नोटिस प्रक्रियामा, इन्टरपोलले थप कागजात माग्यो
काठमाडौं — पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी, पूर्व परराष्ट्र मन्त्री आरजु राणा देउवा विरुद्ध रेड नोटिस जारी गर्ने प्रक्रिया अगाडि बढिरहेको छ।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार अन्तर्राष्ट्रिय प्रहरी संगठन Interpol ले रेड नोटिस जारी गर्न आवश्यक थप कागजात माग गरेको छ। सो विवरण NCB Kathmandu (नेसनल सेन्ट्रल ब्यूरो) काठमाडौंसँग माग गरिएको जनाइएको छ।
स्रोतका अनुसार रेड नोटिस प्रक्रिया जारी नै रहेको छ। ‘रेड नोटिस अहिले प्रक्रियामै छ, इन्टरपोलले थप आवश्यक कागजात माग गरेको छ,’ प्रहरी स्रोतले जनाएको छ।
रेड नोटिस इन्टरपोलमार्फत जारी गरिने अन्तर्राष्ट्रिय अनुरोध हो, जसले सम्बन्धित व्यक्तिलाई अन्य देशहरूमा पहिचान, निगरानी वा पक्राउ गर्न सहयोग पुर्याउने उद्देश्य राख्छ।