रास्वपाका नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण सम्पन्न, केपी खनालको उत्साहजनक सन्देश

theoutsidenepal.com

रास्वपाका नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण सम्पन्न, केपी खनालको उत्साहजनक सन्देश


काठमाडौँ । राष्ट्रीय स्वतन्त्र पार्टी (रास्वपा) बाट नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नयाँ सांसदहरूलाई संसदीय अभ्यास, जिम्मेवारी र नीति–नियमबारे जानकारी गराइएको थियो।


कैलाली–२ बाट निर्वाचित सांसद तथा रास्वपाका युवा नेता केपी खनाल ले सामाजिक सञ्जालमार्फत कार्यक्रमप्रति उत्साह व्यक्त गर्दै “जय घण्टि ” लेखेका छन्। उनको यो सन्देशले पार्टीभित्र नयाँ ऊर्जा र प्रतिबद्धताको संकेत दिएको छ।


अभिमुखीकरण कार्यक्रममार्फत सांसदहरूलाई जनताको अपेक्षा अनुसार पारदर्शी, उत्तरदायी र प्रभावकारी भूमिका निर्वाह गर्न प्रेरित गरिएको बताइएको छ। रास्वपाले नयाँ पुस्ताको नेतृत्वमार्फत देशको राजनीतिक संस्कारमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्य लिएको छ।


कार्यक्रममा सहभागी नेताहरूले एकताबद्ध भएर जनताको विश्वासलाई कायम राख्ने प्रतिबद्धता जनाएका छन्।


प्रतिक्रिया