काठमाडौं । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत काठमाडौं क्षेत्र नं. २ मा उम्मेदवार मणिराम फुयाल को घरदैलो अभियान दोस्रो दिन झनै उत्साहजनक र ऊर्जावान बनेको छ। बिहानैदेखि विभिन्न टोल–बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै उहाँले आफ्नो प्रतिबद्धता र योजनाबारे जानकारी गराउनुभएको थियो।
घरदैलोका क्रममा स्थानीय बासिन्दाहरूले शिक्षा, स्वास्थ्य, खानेपानी, सडक सुधार तथा युवा रोजगारीका विषयमा आफ्ना गुनासा र सुझाव खुलेर राखेका थिए। त्यसको जवाफमा फुयालले पारदर्शी शासन, जनउत्तरदायी नेतृत्व र विकासलाई परिणाममुखी बनाउने प्रतिबद्धता दोहोर्याउनुभयो।
स्थानीयवासीहरूले “यसपटक परिवर्तन चाहिन्छ”, “काम गर्ने प्रतिनिधि चाहिन्छ” जस्ता नारासहित स्वागत गरेका थिए। विशेषगरी युवा तथा महिला मतदाताको उल्लेखनीय सहभागिताले चुनावी माहोललाई थप जीवन्त बनाएको अभियान टोलीले जनाएको छ।
फुयालले आफ्नो सम्बोधनमा भन्नुभयो, “काठमाडौं–३ लाई व्यवस्थित, सुरक्षित र अवसरयुक्त क्षेत्र बनाउने स्पष्ट योजना लिएर म तपाईंहरूको घरदैलोमा आएको छु। तपाईंहरूको साथ र विश्वास नै मेरो सबैभन्दा ठूलो शक्ति हो।”
अभियान टोलीका अनुसार दोस्रो दिनको घरदैलो कार्यक्रम नयाँबानेश्वर, तिनकुने, सिनामंगल आसपासका क्षेत्रमा केन्द्रित थियो, जहाँ मतदाताको उत्साहजनक सहभागिता देखिएको थियो।
स्थानीय बुद्धिजीवीहरूका अनुसार यसपटक काठमाडौं–२ मा प्रतिस्पर्धा कडा रहे पनि मणिराम फुयालप्रति बढ्दो समर्थनले चुनावी समीकरण रोचक बन्दै गएको छ। घरदैलो अभियान आगामी दिनहरूमा अझ सशक्त ढंगले निरन्तर रहने जनाइएको छ।
काठमाडौं–२ मा अहिले चुनावी चहलपहल बढ्दो क्रममा छ भने मतदाताबीच विकास, सुशासन र स्थायित्व मुख्य एजेन्डाका रूपमा स्थापित हुँदै गइरहेको देखिन्छ।