मोरङ–४ मा (तारा) को लहर, अमनलाल मोदीको जित सुनिश्चिततर्फ

theoutsidenepal.com

मोरङ — प्रतिनिधि सभा निर्वाचनको माहोल तातेसँगै मोरङ क्षेत्र नम्बर ४ मा चुनाव चिन्ह ⭐️ (तारा) पक्षमा उत्साहजनक लहर देखिएको छ। चर्चित युवा नेता अमनलाल मोदीप्रति जनसमर्थन दिनप्रतिदिन बढ्दै गएको अभियान पक्षको दाबी छ।


सधैं जनताको बीचमा खटिरहने, सरल र सहज व्यक्तित्वका धनी मोदी विकासप्रेमी तथा परिणाममुखी नेताका रूपमा स्थापित हुँदै आएका छन्। स्थानीय तहदेखि समुदायस्तरसम्म शिक्षा, स्वास्थ्य, पूर्वाधार र युवाको रोजगारीका मुद्दा उठाउँदै आएका उनले मोरङ–४ मा नयाँ ऊर्जा भरेको विश्लेषण गरिएको छ।


घरदैलो अभियान, टोलसभा र युवासँग प्रत्यक्ष संवाद कार्यक्रममार्फत उनले “बोल्ने होइन, गरेर देखाउने” प्रतिबद्धता दोहोर्‍याएका छन्। मतदातासँगको आत्मीय सम्बन्ध र स्पष्ट विकास योजना नै उनको मुख्य बल भएको समर्थकहरूको भनाइ छ।


स्थानीय युवा, महिला तथा व्यवसायी वर्गले समेत मोदीको नेतृत्वलाई परिवर्तन र सुधारको विकल्पका रूपमा लिएको देखिन्छ। “हाम्रो समुदायको उत्थान, समृद्ध मोरङ–४ निर्माण” भन्ने नारासहित अभियान तीव्र पारिएको छ।


चुनावी माहोल उत्साहित र सकारात्मक बन्दै जाँदा (तारा) चिन्हमा मतदान गर्न अपिल गर्दै समर्थकहरूले मोरङ–४ मा ऐतिहासिक परिणाम आउने दाबी गरेका छन्।


प्रतिक्रिया