इराकमा निधन भएका दुई नेपालीको अन्त्येष्टि सम्पन्न, एनआरएनए एनसीसी इराकद्वारा श्रद्धाञ्जली

theoutsidenepal.com

इराकमा निधन भएका दुई नेपालीको अन्त्येष्टि सम्पन्न, एनआरएनए एनसीसी इराकद्वारा श्रद्धाञ्जली


इराकमा निधन भएका दुई नेपाली नागरिकको पार्थिव शरीरको शुक्रबार (१७ जुलाई २०२६) अर्बिलस्थित गोयर क्षेत्रमा आवश्यक सम्पूर्ण कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरी अन्त्येष्टि गरिएको छ।

एनआरएनए एनसीसी इराकका अध्यक्ष विनोद श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै मकवानपुरको बागमती गाउँपालिका–५, लिलावन निवासी मिना कुमारी केसी, जो १० नोभेम्बर २०२५ मा आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी थिइन्, तथा लमजुङको दोर्दी गाउँपालिका–५, पाँचोक निवासी लेखमान घले, जिनको २८ मार्च २०२५ मा उपचारका क्रममा निधन भएको थियो, दुवैको पार्थिव शरीरको अर्बिलस्थित गोयर क्षेत्रमा अन्त्येष्टि गरिएको बताएका छन्।


अध्यक्ष श्रेष्ठले दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन्। उनले परिवारलाई यो कठिन समयमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना समेत गरेका छन्।

यसका साथै उनले यो दुःखद परिस्थितिमा साथ, सहयोग, सद्भाव र ऐक्यबद्धता जनाउने सम्पूर्ण नेपाली समुदाय, सहयोगी संस्था तथा व्यक्तिहरूप्रति हार्दिक आभार व्यक्त गरेका छन्।


विदेशमा विभिन्न कारणले ज्यान गुमाउने नेपाली नागरिकहरूको व्यवस्थापन, कानुनी प्रक्रिया र अन्त्येष्टि कार्यमा एनआरएनए एनसीसी इराकले निरन्तर समन्वय र सहयोग गर्दै आएको छ। यस घटनाले विदेशमा रहेका नेपाली श्रमिकहरूको सुरक्षा, संरक्षण र संकटका बेला सामूहिक सहयोगको आवश्यकता पुनः स्मरण गराएको छ।


प्रतिक्रिया