विश्वकपको माहोलमा अमेरिकामा नेपाली झण्डा फहराउँदै क्यालिफोर्नियाका सफल नेपाली दम्पती
अमेरिकामा जारी FIFA World Cup 2026 को रोमाञ्चक माहोलबीच नेपाल सहभागी राष्ट्र नभए पनि नेपाली पहिचान भने गर्वका साथ प्रस्तुत गरिएको छ। अष्ट्रेलिया र पाराग्वेबीचको विश्वकप खेल हेर्न पुगेका क्यालिफोर्नियामा बसोबास गर्ने युवा व्यवसायी एवं समाजसेवी प्रिन्स युवराज कार्की र उनकी श्रीमतीसहित नेपाली समुदायले रंगशालामा नेपालको राष्ट्रिय झण्डा फहराउँदै आफ्नो देशप्रतिको माया र गर्व प्रदर्शन गरेका छन्।
प्रिन्स युवराज कार्कीले सामाजिक सञ्जालमा लेखेका छन्, “नेपाल खेलिरहेको छैन, तर आज हामीले अष्ट्रेलिया–पाराग्वे खेलमा गर्वका साथ नेपालको झण्डा फहरायौं। हामी सबैले एकसाथ नेपाली झण्डा लहरायौं।” उक्त सन्देशसँगै सार्वजनिक भएका तस्बिरहरूले विश्व फुटबलको महाकुम्भमा नेपाली पहिचान झल्काएको भन्दै सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ।
क्यालिफोर्नियामा सफल व्यवसाय सञ्चालन गर्दै आएका प्रिन्स युवराज कार्की नेपाली समुदायमा सामाजिक सेवामा पनि सक्रिय मानिन्छन्। विश्वका विभिन्न देशका समर्थकबीच नेपालको राष्ट्रिय झण्डा फहराएर उनले प्रवासमा रहेका नेपालीहरूको राष्ट्रिय भावना र एकताको सन्देश दिएका छन्।
नेपाल विश्वकपमा सहभागी नभए पनि विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा नेपाली झण्डा गर्वका साथ फहरिनु धेरै नेपालीका लागि प्रेरणादायी क्षण बनेको छ।