दैलेख–१ मा कांग्रेस उम्मेदवार बास्ना थापाद्वारा मतदातासँग समर्थनको अपिल

theoutsidenepal.com

दैलेख । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा दैलेख निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसकी उम्मेदवार बास्ना थापा ले मतदातासँग समर्थनको अपिल गर्नुभएको छ। सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेको सन्देशमा उहाँले आदरणीय मतदातालाई नमस्कार गर्दै “समृद्ध दैलेख र समुन्नत दैलेखी निर्माण अभियान”मा साथ दिन आग्रह गर्नुभएको हो।


थापाले आगामी फागुन २१ मा हुने निर्वाचनमा नेपाली कांग्रेसको चुनाव चिन्ह रूखमा मतदान गरी सहयोग गर्न मतदातासँग अपेक्षा व्यक्त गर्नुभएको छ। उहाँले दैलेखको विकास, समृद्धि र जनताको समग्र उन्नतिको लक्ष्यसहित आफू चुनावी मैदानमा उत्रिएको बताउनुभएको छ।


चुनाव नजिकिँदै जाँदा दैलेख–१ मा प्रमुख दलका उम्मेदवारबीच चुनावी गतिविधि तीव्र बन्दै गएको छ भने मतदातालाई आकर्षित गर्न विभिन्न कार्यक्रम र अपिलहरू जारी रहने क्रम पनि बढिरहेको छ।


प्रतिक्रिया