चिनियाँ प्रधानमन्त्री ली छ्याङद्वारा बालेन शाहलाई बधाई, द्विपक्षीय सहकार्य विस्तारमा जोड

theoutsidenepal.com

Li Qiang ले नेपालका नवनियुक्त प्रधानमन्त्री Balendra Shah लाई बधाई सन्देश पठाएका छन्। मार्च २७ मा पठाइएको उक्त सन्देशमा चिनियाँ प्रधानमन्त्री लीले नेपाल सरकारको शासन सञ्चालनप्रति चीनको पूर्ण समर्थन रहेको उल्लेख गर्दै नेपालको स्वतन्त्रता, सार्वभौमिकता र भौगोलिक अखण्डताको संरक्षणमा निरन्तर साथ रहने प्रतिबद्धता व्यक्त गरेका छन्।


सन्देशमा उनले प्रधानमन्त्री शाहसँग सहकार्य गर्दै चीन–नेपालबीच ‘बेल्ट एन्ड रोड’ पहलअन्तर्गत संयुक्त परियोजनाहरूलाई उच्चस्तरमा अघि बढाउने, साथै विभिन्न क्षेत्रमा सहयोग विस्तार गरी द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने इच्छा व्यक्त गरेका छन्। उनले चीन–नेपाल सम्बन्धलाई विकास र समृद्धिमुखी दीर्घकालीन रणनीतिक साझेदारीतर्फ अघि बढाउने पनि बताएका छन्।


लीले चीन र नेपालबीचको सम्बन्धलाई पहाड र नदीले जोडिएको परम्परागत छिमेकी सम्बन्धका रूपमा व्याख्या गर्दै कूटनीतिक सम्बन्ध स्थापना भएको ७१ वर्षयता शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तका आधारमा सम्बन्ध निरन्तर सुदृढ बन्दै आएको उल्लेख गरेका छन्।


यसअघि Lin Jian ले पनि नेपालस्थित चिनियाँ दूतावासमार्फत प्रधानमन्त्री शाहलाई बधाई सन्देश प्रेषित गरेका थिए।


प्रतिक्रिया