जापानको Chiba सहरमा एक ५१ वर्षीय पुरुष महिलाको भेषमा सार्वजनिक स्नान गृह (ओफुरो) मा प्रवेश गरेको आरोपमा पक्राउ परेका छन्।
प्रहरीका अनुसार, घटना आइतबार साँझ करिब ६ बजेतिर चिबाको चुओ–कुस्थित एक होटलमा भएको हो। ती पुरुषले विग, हिल जुत्ता र स्कर्ट लगाएर महिलाको स्वरूप धारण गर्दै होटलको महिला स्नान गृहको लुगा फेर्ने कोठामा प्रवेश गरेका थिए।
प्रत्यक्षदर्शीहरूले बताएअनुसार उनी करिब ७ मिनेटसम्म उक्त क्षेत्रमा घुमिरहेका थिए, जसले त्यहाँ उपस्थित महिलाहरूमा शंका उत्पन्न गराएको थियो। त्यसपछि होटलका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए।
प्रहरीले उनलाई आफ्नै कोठाबाट नियन्त्रणमा लिएको जनाएको छ। प्रारम्भिक बयानमा उनले महिलाको भेषमा हिँड्ने रुचि रहेको र महिलाको अनुभव लिन तथा उनीहरूलाई हेर्ने उद्देश्यले त्यहाँ प्रवेश गरेको स्वीकार गरेका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।