बैतडी–१ मा चतुर बहादुर चन्दको लहर : जीत नजीक, समृद्धिको नयाँ अध्याय सुरु हुँदै

theoutsidenepal.com

बैतडी–१ मा चुनावी माहोल दिनप्रतिदिन चुलिँदै जाँदा अनुभवी र प्रभावशाली व्यक्तित्व चतुर बहादुर चन्द को जीत लगभग सुनिश्चितजस्तै देखिएको छ। गाउँ–गाउँबाट उठिरहेको समर्थन र जनताको अपार माया–विश्वासले उहाँलाई अग्रस्थानमा पुर्‍याएको स्थानीय विश्लेषकहरूको भनाइ छ।


नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्षसमेत रहनुभएका चन्द अन्तर्राष्ट्रिय रूपमा चिनिएको व्यक्तित्व हुनुहुन्छ। खेलकुद क्षेत्रबाट विश्वमञ्चमा नेपालको पहिचान स्थापित गर्न महत्वपूर्ण भूमिका खेलिसक्नुभएका उहाँ अब बैतडीको समग्र विकासलाई केन्द्रमा राखेर चुनावी मैदानमा उत्रिनुभएको छ।


चन्दले बैतडीलाई पूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारीको केन्द्रका रूपमा विकास गर्ने स्पष्ट भिजन सार्वजनिक गर्नुभएको छ। “समृद्ध बैतडी, सक्षम बैतडी” को नारासहित अघि बढ्नुभएका उहाँले युवालाई रोजगारी, कृषिमा आधुनिकीकरण र ग्रामीण सडक सञ्जाल विस्तारलाई प्राथमिकता दिने प्रतिबद्धता जनाउनुभएको छ।


स्थानीय बासिन्दाहरूका अनुसार स्वच्छ छवि, व्यवस्थापकीय अनुभव र अन्तर्राष्ट्रिय पहुँच भएका नेता भएकै कारण चन्द बैतडी–१ का लागि बलियो विकल्प बनेका छन्। जनलहरको अवस्थाले उहाँको जीत नजिकिएको संकेत गरेको समर्थकहरूको दाबी छ।


अब बैतडीले विकासको नयाँ गति लिने अपेक्षा गरिएको छ, र त्यसको नेतृत्व गर्ने भरोसायोग्य नामका रूपमा चतुर बहादुर चन्द अगाडि देखिनुभएको छ।


प्रतिक्रिया