न्युयोर्कमा पत्रकार किशोर पन्थी र अधिवक्ता केशव सेडाईसँग शंकर भण्डारीको विशेष भेटघाट

theoutsidenepal.com

न्युयोर्कमा पत्रकार किशोर पन्थी र अधिवक्ता केशव सेडाईसँग शंकर भण्डारीको विशेष भेटघाट

न्युयोर्क । वरिष्ठ समाजसेवी तथा राजनीतिक विश्लेषक शंकर भण्डारी ले न्युयोर्कमा खसोखासका प्रधानसम्पादक तथा चर्चित पत्रकार किशोर पन्थी र वरिष्ठ अधिवक्ता केशव सेडाई सँग विशेष भेटघाट तथा छलफल गरेका छन्।

भण्डारीले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भेटका क्रममा समसामयिक विषयवस्तु, नेपाली समुदायसँग सम्बन्धित मुद्दा तथा विभिन्न सामाजिक, राजनीतिक र कानुनी आयामहरूबारे फलदायी संवाद भएको बताएका छन्।

उनले आ-आफ्नो क्षेत्रमा विशिष्ट योगदान पुर्‍याइरहेका व्यक्तित्वहरूसँगको भेटघाट निकै ऊर्जावान्, प्रेरणादायी र स्मरणीय रहेको उल्लेख गरेका छन्। साथै, संवादका लागि समय उपलब्ध गराएकोमा पत्रकार पन्थी र अधिवक्ता सेडाईप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेका छन्।

नेपाली समुदायका सक्रिय व्यक्तित्वहरूबीच भएको यो भेटघाटले समसामयिक विषयमा विचार आदानप्रदान र सामुदायिक हितका मुद्दामा थप सहकार्यको अपेक्षा जगाएको छ।


प्रतिक्रिया