धादिङ – ज्वालामुखी गाउँपालिका वडा नम्बर ४, निम्स्वारा निवासी ७ वर्षीय आयुष रिजाल गम्भीर स्वास्थ्य समस्याबाट जुझ्दैछन्। उनका पिता रामचन्द्र रिजाल र माता शर्मिला रिजालका अनुसार, दुई महिनासम्म काठमाडौंको कान्ति बाल अस्पतालमा उपचार गरेपछि चिकित्सकहरूले आयुषलाई बोन म्यारो प्रत्यारोपण (Bone Marrow Transplant) गर्नुपर्ने सिफारिस गरेका छन्।
https://youtu.be/hj_2r0Nni-E?si=P3JntDrDO3GPfMOc
नेपालमा आवश्यक उपचार सम्भव नहुँदा, आयुषलाई थप उपचारका लागि भारतको दिल्लीस्थित राजीव गान्धी अस्पतालमा लगिएको छ। तर उपचार अत्यन्तै महँगो भएकोले सामान्य आर्थिक अवस्था भएका परिवारका लागि ठूलो चुनौती बनेको छ।
परिवारले देश–विदेशमा रहेका नेपाली दाजुभाइ, दिदीबहिनी, संघ–संस्था तथा सहयोगी मन भएका सबैसँग आर्थिक सहयोग र प्रार्थनाको हार्दिक अपिल गरेका छन्। परिवारका अनुसार, “तपाईंहरूको सहयोग र आशीर्वादले हाम्रो बाबु आयुष फेरि मुस्कुराउने आशा राखेका छौं।”
साना सहयोगले पनि यस नन्हा बालकको जीवन जोगिन ठूलो भूमिका खेल्न सक्छ। इच्छुक व्यक्तिहरू र संस्थाहरूले परिवारसँग सम्पर्क गरेर सहयोग गर्न सक्नेछन्।
https://youtu.be/hj_2r0Nni-E?si=P3JntDrDO3GPfMOc