दुई दिन बिदा लागू, कार्यालय समय ९ देखि ५ कायम

theoutsidenepal.com

द टन न्युज ,काठमाडौं । नेपाल सरकारले हप्तामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयनमा ल्याएको छ। सोही निर्णयअनुसार चैत्र २३ गतेदेखि सरकारी कार्यालयहरूको समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गरिएको छ।


सरकारले सेवा प्रवाहलाई व्यवस्थित र प्रभावकारी बनाउन कार्यालय समय पुनः निर्धारण गरेको जनाएको छ। नयाँ व्यवस्थासँगै कर्मचारीको कार्यक्षमता बढ्ने तथा काम–जीवन सन्तुलन कायम हुने अपेक्षा गरिएको छ।


यद्यपि, सेवाग्राहीले भने नयाँ समय तालिकाअनुसार आफूलाई अनुकूल बनाउनुपर्नेछ। अत्यावश्यक सेवा दिने निकायहरूमा सेवा निरन्तरता कायम राख्न विशेष व्यवस्था गरिने जनाइएको छ।


सरकारको यो निर्णयलाई आधुनिक कार्यप्रणालीतर्फको सकारात्मक कदमका रूपमा हेरिएको छ।


प्रतिक्रिया