युवाशक्तिको उभार: नवीन निउरे एनआरएन आइसिसीको युवा संयोजकमा चयन

theoutsidenepal.com

काठमाडौँ । नयाँ ऊर्जा, नविन सोच र परिवर्तनको स्पष्ट दृष्टिकोणसहित नवीन निउरे  एनआरएन आइसिसीको युवा संयोजक पदमा चयन हुनुभएको छ। उहाँको चयनसँगै युवा नेतृत्व विकास र सञ्जाल विस्तारमा नयाँ गति आउने विश्वास गरिएको छ।


युवाहरूको क्षमता पहिचान गर्दै अवसर सिर्जना गर्ने, नेतृत्व विकासका लागि मार्गदर्शन प्रदान गर्ने र देश–विदेशमा रहेका युवालाई एउटै प्लेटफर्ममा जोड्ने दिशामा उहाँको भूमिका महत्वपूर्ण रहने अपेक्षा गरिएको छ। निउरेको सक्रियता, उत्साह र समर्पणले संस्थामा युवामैत्री वातावरण निर्माण गर्दै सशक्त नेतृत्व उत्पादनमा टेवा पुग्ने विश्वास गरिएको छ।


विशेषगरी प्रविधि, उद्यमशीलता र सामाजिक उत्तरदायित्वका क्षेत्रमा युवालाई प्रेरित गर्दै नविन सोचलाई व्यवहारमा उतार्ने अभियानमा उहाँ अग्रसर रहने बताइएको छ। युवा आवाजलाई निर्णय तहसम्म पुर्‍याउँदै उनीहरूको सहभागिता सुनिश्चित गर्न पनि उहाँले निर्णायक भूमिका खेल्ने अपेक्षा गरिएको छ।


नवीन निउरेको नेतृत्वमा युवा शक्ति केवल सम्भावना होइन, परिवर्तनको मुख्य आधारका रूपमा स्थापित हुने विश्वास गरिएको छ। उहाँको चयनले संस्थामा नयाँ पुस्ताको ऊर्जा, दृष्टि र प्रतिबद्धतालाई अझ मजबुत बनाएको छ।


प्रतिक्रिया