क्यान अध्यक्ष तथा बैतडी कांग्रेस सभापति चतुरबहादुर चन्दद्वारा गगन थापालाई बधाई

theoutsidenepal.com

क्यान अध्यक्ष तथा बैतडी कांग्रेस सभापति चतुरबहादुर चन्दद्वारा गगन थापालाई बधाई

द टन न्युज ।

नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापति पदमा निर्वाचित गगनकुमार थापालाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ।

चन्दले सामाजिक सञ्जालमार्फत बधाई सन्देश सार्वजनिक गर्दै थापाको नेतृत्वमा नेपाली कांग्रेस थप सशक्त, एकताबद्ध र जनउत्तरदायी बन्ने विश्वास व्यक्त गर्नुभएको हो।


“यहाँको नेतृत्वमा नेपाली कांग्रेस थप सशक्त, एकताबद्ध र जनउत्तरदायी बन्दै देश र जनताको हितमा नयाँ उचाइ हासिल गर्न सफल होस्,” चन्दले आफ्नो शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ।

नेपाली कांग्रेसको नेतृत्वमा आएको परिवर्तनले पार्टीको संगठनात्मक सुदृढीकरण, एकता र जनताप्रतिको उत्तरदायित्वलाई थप प्राथमिकता दिने अपेक्षासहित चन्दले नवनिर्वाचित सभापति थापाको सफल कार्यकालको कामना गर्नुभएको छ।

चन्दले आफ्नो सन्देशको अन्त्यमा ‘जय नेपाल’ भन्दै पार्टीप्रतिको ऐक्यबद्धता पनि व्यक्त गर्नुभएको छ।


प्रतिक्रिया