कञ्चनपुर–२ मा परिवर्तनको लहर: जनविश्वासको केन्द्रमा दीपक बोहरा, जित्ने माहोल झन् बलियो

theoutsidenepal.com

संविधानले परिकल्पना गरेको सुशासन, समृद्धि र समान अवसरको सपना अझै पूर्ण रूपमा साकार हुन नसकेको महसुस आम नागरिकमा बढ्दै गएको छ। वर्षौंदेखि दोहोरिँदै आएका आश्वासन र अधुरा प्रतिबद्धताले दिक्क बनेका मतदाताहरू यसपटक सचेत निर्णयको तयारीमा देखिन्छन्। यही परिवेशमा दिपक बोहरा कञ्चनपुर–२ मा परिवर्तनको शक्तिशाली आवाजका रूपमा उदाउँदै आएका छन्।

सुदूरपश्चिमको प्रमुख जिल्ला कञ्चनपुर मा अहिले चुनावी माहोल तातिएको छ। गाउँदेखि सहरसम्म जनभेटघाट, घरदैलो र अन्तरक्रियामा देखिएको उत्साहले यसपटक परिणाम फरक आउने संकेत गरेको छ। विशेषगरी युवा पुस्ता, महिला समूह र किसान समुदायले विकास र रोजगारीलाई केन्द्रमा राख्ने नेतृत्वको खोजी गरिरहेका छन्।

दीपक बोहराले आफ्नो अभियानलाई केवल चुनावी नारामा सीमित नराखी स्पष्ट कार्ययोजनासहित अघि सारेका छन्। उनका प्रमुख एजेन्डामा स्थानीय रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, सीपमूलक तालिम, पारदर्शी बजेट व्यवस्थापन र शिक्षा–स्वास्थ्य सेवामा गुणस्तरीय सुधार रहेका छन्। “अब भाषण होइन, परिणाम चाहिन्छ” भन्ने सन्देशसहित उनले मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन्।

विश्लेषकहरूका अनुसार, विगतमा दलहरूबीच ध्रुवीकरण देखिएको क्षेत्रमा यसपटक मुद्दा–केन्द्रित बहस सुरु भएको छ। मतदाताहरू व्यक्तिगत इमान्दारिता, स्पष्ट दृष्टिकोण र जवाफदेहितालाई प्राथमिकता दिन थालेका छन्। यही कारणले बोहराप्रति समर्थनको ग्राफ दिनप्रतिदिन उकालो लागेको बताइन्छ।

स्थानीय युवाहरू भन्छन्, “हामी विदेशिन बाध्य हुने अवस्था अन्त्य हुनुपर्छ। यहीँ अवसर सिर्जना गर्ने नेतृत्व चाहिन्छ।” किसानहरू उत्पादनको उचित मूल्य र बजार सुनिश्चितताको माग गरिरहेका छन्। महिला समूहले सुरक्षित र आत्मनिर्भर समाजको अपेक्षा राखेका छन्। यी सबै आवाजलाई एउटै मंचमा जोड्दै बोहराले समावेशी विकासको प्रतिवद्धता जनाएका छन्।

राजनीतिक पर्यवेक्षकहरूका अनुसार, मतदाता अहिले झुटा आश्वासनबाट थाकिसकेका छन्। उनीहरू संविधानले सुनिश्चित गरेका अधिकार व्यवहारमा लागू भएको देख्न चाहन्छन्। लोकतान्त्रिक मूल्यमान्यता सुदृढ गर्दै समृद्ध नेपाल निर्माणमा स्थानीय नेतृत्वको भूमिका निर्णायक हुने विश्वास बढ्दो छ।

चुनावी सभाहरूमा देखिएको जनसहभागिता, सामाजिक सञ्जालमा बढ्दो समर्थन र घरदैलो अभियानमा प्राप्त सकारात्मक प्रतिक्रिया हेर्दा कञ्चनपुर–२ मा दीपक बोहराको जित्ने आधार मजबुत बन्दै गएको विश्लेषण गरिएको छ।

अब निर्णयको घडी नजिकिँदै छ। सचेत नागरिक बनेर विवेकपूर्ण मत प्रयोग गर्ने समय आएको छ। कञ्चनपुर–२ मा उठेको परिवर्तनको लहरले नयाँ अध्यायको संकेत दिएको छ — अन्तिम फैसला भने जनताकै हातमा रहनेछ। 

प्रतिक्रिया