एनआरएनएमा डा. हेमराज शर्माको नेतृत्वमा सर्वसम्मत— वरिष्ठ उपाध्यक्षमा रोविन शेरचन — यस्तो छ टीम ?

theoutsidenepal.com

एनआरएनएमा डा. हेमराज शर्माको नेतृत्वमा सर्वसम्मत— वरिष्ठ उपाध्यक्षमा रोविन शेरचन — यस्तो छ टीम ? 


जापान — गैरआवासीय नेपाली संघ (Non-Resident Nepali Association) को अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) अन्तर्गत नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। अध्यक्षमा डा. हेमराज शर्मा (यूके) निर्विरोध निर्वाचित भएसँगै विश्वभर रहेका नेपाली समुदायमा उत्साह, एकता र नयाँ आशा जागेको छ।



नेतृत्वको शीर्ष टोली



वरिष्ठ उपाध्यक्षमा रोबिन प्रसाद शेरचन (जापान) निर्विरोध चयन भएका छन्।


उपाध्यक्षहरूमा रोशन थापा (जाम्बिया), बुद्धि सुबेदी (अमेरिका), चिन्ता मणि सापकोटा (स्पेन), ददिवाल खड्का (जापान), दिनेश पोखरेल (अष्ट्रेलिया), गोपीकृष्ण काफ्ले (क्यानडा), डा. ज्ञानेन्द्र रेग्मी (अष्ट्रेलिया), जुनु गुरुङ (दक्षिण कोरिया), कमल मणि गुरागाईं (कतार), खगेन्द्र न्यौपाने (मलेसिया), लोक प्रसाद दाहाल (बेल्जियम), महेन्द्र ओली (अष्ट्रेलिया), मनोज कुमार श्रेष्ठ (यूएई), प्रविन गुरुङ (कतार), पूर्णचन्द्र बनियाँ (अमेरिका), रबिनराज बज्राचार्य (अमेरिका), रामशरण सिम्खडा (यूके), रोजिना प्रधान राई (यूके), टंकप्रसाद गैरे (जापान), तिलक गैरे (पोर्तुगल) र बिश्व दीप तिगिला (यूके) सर्वसम्मत रूपमा निर्वाचित भएका छन्।


महिला उपाध्यक्षमा राधिका गुरुङ (हङकङ) तथा युवा उपाध्यक्षमा भीमसेन थापा (पोर्चुगल) निर्विरोध चयन भएका छन्।



सचिवालय



महासचिवमा डा. चिरञ्जीवी खड्का (चेक गणतन्त्र) निर्विरोध हुँदा उपमहासचिवमा अनुजा प्रधान (बेल्जियम), बेदराज बस्नेत (अमेरिका), दिनेश कुमार घिमिरे (यूके), पारसमणि पोखरेल (जापान), राजेन्द्र अर्याल (साउदी अरेबिया) र स्वतन्त्र प्रताप शाह (अष्ट्रेलिया) निर्वाचित भएका छन्।


सचिव पदमा अभिमन्यु बस्नेत (क्यानडा), दीपेश खत्री (जर्मनी), मदनराज पौडेल (अष्ट्रेलिया), माधव दुलाल (क्यानडा), मोहम्मद मुक्तदा मु (कतार), प्रसुना कडेल (यूके), शिवप्रसाद पौडेल (जापान), सुजन अधिकारी (अष्ट्रेलिया), सुजन केसी खत्री (कुवेत), सुपेन्द्र घिसिङ (जापान), यज्ञनारायण पौडेल (स्पेन/यूके), भवानी प्रसाद तिमल्सिना (यूएई) र रमेश भट्ट (कतार) सर्वसम्मत रूपमा चयन भएका छन्।


महिला सचिवमा अमृता थापा (चीन), कोषाध्यक्षमा कृष्णप्रसाद तिमल्सेना (यूके), सह–कोषाध्यक्षमा अब्दुल बासिद (कतार) र बिमल सुबेदी (कतार), महिला सह–कोषाध्यक्षमा गंगा खतिवडा (दक्षिण कोरिया) निर्विरोध निर्वाचित भएका छन्।



संयोजक तथा क्षेत्रीय नेतृत्व



महिला संयोजकमा रश्मी थापा (क्यानडा) र युवा संयोजकमा नवीन निउरे (जापान) चयन भएका छन्।


क्षेत्रीय संयोजकहरूमा अफ्रिकाबाट मनोज बी.के. (सेशेल्स), अमेरिकाबाट भुवन खरेल (क्यानडा), एसिया–प्रशान्तबाट दीपक प्रसाद कँडेल (जापान), युरोपबाट रोबोट लिम्बु (पोर्तुगल), मध्यपूर्वबाट रमेश श्रेष्ठ (यूएई) र ओसियानियाबाट रमेश जोशी (अष्ट्रेलिया) निर्वाचित भएका छन्।



उप–क्षेत्रीय संयोजकहरू



अमेरिका क्षेत्रबाट नेत्र पाण्डे र सम्राट थापा चयन भएका छन्।

एशिया–प्यासिफिकबाट भविन्द्र बस्नेत (थाइल्याण्ड), छत्र बहादुर दाहाल (जापान) र लाल सिंह खड्का (कम्बोडिया) निर्वाचित भएका छन्।

युरोपबाट तिलक राम भट्टराई (यूके) चयन भएका छन्।

मध्यपूर्वबाट बिकाल झा (ओमन), बिकास शाही (यूएई), विष्णुलाल श्रेष्ठ (यूएई) र करिम बक्स मिया (कतार) निर्वाचित भएका छन्।

ओसियानियाबाट छबी प्रसाद सापकोटा, सीके भुसाल र हेमन्त काफ्ले (अष्ट्रेलिया) चयन भएका छन्।



महिला तथा युवा प्रतिनिधित्व



महिला संयोजकतर्फ संगीता अधिकारी (जापान), बाबा (राजेश्वरी) थापा (अस्ट्रिया) र सरिता भण्डारी (कतार) निर्वाचित भएका छन्।

उप–क्षेत्रीय महिला संयोजकमा राधा सिग्देल (जर्मनी) र मञ्जु मल्ल (यूएई) चयन भएका छन्।


युवा संयोजकतर्फ राम थापा (जापान), शिव सागर बुढथोकी (पोर्तुगल), सुजन सापकोटा (यूएई), ओमन गौचन (यूके) र बासुदेव सापकोटा (साउदी अरेबिया) निर्वाचित भएका छन्।


दोस्रो पुस्ताका संयोजकमा दीपमाला ढकाल (हङकङ) चयन भएकी छन्।



प्रवक्ता



आईसीसी प्रवक्तामा सोम सापकोटा सर्वसम्मत रूपमा मनोनित भएका छन्।




एकताको सशक्त सन्देश



नयाँ कार्यसमिति पूर्ण रूपमा सर्वसम्मत चयन हुनु आफैंमा एनआरएनएभित्रको एकता, परिपक्वता र साझा लक्ष्यको प्रतीक मानिएको छ।


अध्यक्ष डा. हेमराज शर्मा ले सम्पूर्ण विश्वभरका नेपालीहरूलाई धन्यवाद दिँदै संस्थालाई अझ पारदर्शी, प्रभावकारी र परिणाममुखी बनाउने प्रतिबद्धता जनाएका छन्।



बधाईको ओइरो



नयाँ नेतृत्वप्रति विश्वभर रहेका नेपाली समुदाय, अभियन्ता तथा शुभेच्छुकहरूबाट बधाई तथा शुभकामनाको ओइरो लागेको छ।


एनआरएनए अब झन् बलियो, एकताबद्ध र प्रभावकारी बन्ने विश्वास गरिएको छ। 

प्रतिक्रिया