यज्ञ नारायण पौडेल एनआरएनए सचिवमा सर्वसम्मत चयन, व्यक्त गरे हार्दिक आभार
काठमाडौँ । गैर–आवासीय नेपाली संघ (NRNA) को १२औँ बृहत एकताको महाधिवेशनबाट यज्ञ नारायण पौडेल सचिव पदमा सर्वसम्मत चयन हुनुभएको छ।
सचिवमा चयन भएपछि पौडेलले सम्पूर्ण डेलिगेट्स, समन्वयकारी भूमिका निर्वाह गर्ने अग्रजहरू, अभियन्ताहरू तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ। उहाँले आफूलाई प्राप्त विश्वास, समर्थन र हौसलाले आगामी दिनमा संस्थाको एकता, सुदृढता तथा उद्देश्य प्राप्तिका लागि अझ जिम्मेवार भएर काम गर्न प्रेरणा मिलेको बताउनुभयो।
पौडेलले एनआरएनएलाई थप प्रभावकारी, एकताबद्ध र परिणाममुखी बनाउने दिशामा सक्रिय रूपमा लाग्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ।
18 March 2026