लोट्टे चोको पाई अभियानका विजेतालाई पुरस्कार हस्तान्तरण, SERES Mini EV देखि iPhone सम्म प्रदान

theoutsidenepal.com

लोट्टे चोको पाई अभियानका विजेतालाई पुरस्कार हस्तान्तरण, SERES Mini EV देखि iPhone सम्म प्रदान


काठमाडौं । बिनोद कर्प अन्तर्गत BJ International ले सञ्चालन गरेको ‘लोट्टे चोको पाई’ उपभोक्ता अभियानका विजेताहरूलाई औपचारिक रूपमा पुरस्कार हस्तान्तरण गरिएको छ। कम्पनीका अध्यक्ष बिनोद कुँवरले लाखौं नेपाली उपभोक्ताको उत्साहजनक सहभागिताले आफूहरूलाई थप ऊर्जा र प्रेरणा दिएको बताए।


सेप्टेम्बरदेखि डिसेम्बरसम्म सञ्चालन गरिएको उक्त अभियानमा QR कोड स्क्यानमार्फत सहभागी हुने सहज व्यवस्था गरिएको थियो। यस प्रक्रियाले अभियानलाई पारदर्शी र विश्वसनीय बनाएको कम्पनीको दाबी छ। लक्की ड्र कान्तिपुर टेलिभिजन मार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो।


लक्की ड्रबाट छनोट भएका विजेताहरू यसप्रकार छन्:


  • प्रथम पुरस्कार: श्री अर्चना नातिक – SERES Mini EV कार
  • द्वितीय पुरस्कार: श्री कृष्णमाया अधिकारी बास्तोला – Yamaha Ray ZR स्कुटर
  • तृतीय पुरस्कार: श्री विनोद भुजेल – iPhone



कम्पनीले सम्पूर्ण विजेतालाई बधाई ज्ञापन गर्दै अभियान सफल बनाउन साथ, विश्वास र माया प्रदान गर्ने उपभोक्ताप्रति आभार व्यक्त गरेको छ।


अध्यक्ष कुँवरले आगामी दिनहरूमा पनि बिनोद कर्प र BJ International ले गुणस्तरीय अन्तर्राष्ट्रिय उत्पादन नेपाली बजारमा उपलब्ध गराउँदै यस्ता आकर्षक, पारदर्शी तथा उपभोक्तामैत्री अभियानहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे।


प्रतिक्रिया