सभामुखमा डिपी अर्याल निर्वाचित, एनआरएनएका वरिष्ठ उपाध्यक्ष रोविन शेरचनद्वारा बधाई तथा शुभकामना

theoutsidenepal.com

काठमाडौं — प्रतिनिधिसभाको सभामुख पदमा माननीय डिपी अर्याल निर्वाचित हुनुभएकोमा गैरआवासीय नेपाली संघ (एनआरएनए) का वरिष्ठ उपाध्यक्ष रोविन शेरचनले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ।


शेरचनले जारी गर्नुभएको बधाई सन्देशमा अर्यालको लामो समय जापानमा बसेर आर्जन गर्नुभएको अनुभव, संघर्ष र अन्तर्राष्ट्रिय दृष्टिकोणले उहाँलाई एक सक्षम र परिपक्व नेतृत्वका रूपमा स्थापित गरेको उल्लेख गरिएको छ। प्रवासमा रहेर विश्वभर छरिएका नेपालीहरूको भावना, अपेक्षा र समस्यालाई नजिकबाट बुझ्न सक्ने व्यक्तित्वका रूपमा अर्याललाई उनले प्रशंसा गर्नुभएको छ।


उहाँले अर्यालको सभामुखमा निर्वाचित हुनु केवल व्यक्तिगत सफलता नभई सम्पूर्ण नेपाली समुदायका लागि गौरवको विषय भएको बताउनुभएको छ। एक ऊर्जावान् युवा नेतृत्वको रूपमा उहाँको यो उपलब्धिले नयाँ पुस्तामा सकारात्मक सन्देश दिएको पनि शेरचनले उल्लेख गर्नुभएको छ।


शेरचनले अर्यालको नेतृत्वमा संसदीय मर्यादा, लोकतान्त्रिक मूल्य र मान्यताले थप मजबुत र उचाइ हासिल गर्ने विश्वास व्यक्त गर्दै देश र जनताको सेवामा उहाँको आगामी यात्रा सफल, प्रभावकारी र अनुकरणीय बन्ने कामना गर्नुभएको छ।


प्रतिक्रिया