गाउँपालिका मेयर अन्सारीका अभिव्यक्तिले जनतामा भय सिर्जना गरेको आरोप, एमाले नेता डा. अबुल हुसेन अन्सारीको चेतावनी
गाउँपालिकाका मेयर तथा जननिर्वाचित अध्यक्ष अजमल अन्सारी द्वारा सार्वजनिक रूपमा व्यक्त गरिएका केही अभिव्यक्तिहरूले जनतामा भय र दबाबको वातावरण सिर्जना गरेको भनी व्यापक चर्चा भइरहेको छ। यस सन्दर्भमा एमाले नेता डा. अबुल हुसेन अन्सारी ले चेतावनी जारी गर्दै भनेका छन् कि जनप्रतिनिधिको प्रमुख दायित्व भनेको जनताको सेवा, संरक्षण र विश्वास कायम गर्नु हो, र जनतालाई तर्साउने वा धम्क्याउने कुनै पनि कार्यशैली लोकतान्त्रिक मूल्य–मान्यतासँग मेल खाँदैन।
डा. हुसेनले थपे कि, निर्वाचित पदमा रहँदै आफ्नो पदको प्रभाव वा स्रोत–साधनलाई निर्वाचन प्रक्रियामा प्रयोग गर्नु पदको दुरुपयोग ठहरिन सक्ने कुरा सबैले बुझ्नुपर्छ। निर्वाचन आचारसंहिता, निष्पक्षता र समताको सिद्धान्त सबै उम्मेदवार र जनप्रतिनिधिका लागि समान रूपमा लागू हुन्छ।
उनले जनतामाथि कुनै प्रकारको दबाब वा दमन अस्वीकार्य रहेको भन्दै नागरिकहरूलाई सचेत रहन र तथ्य–प्रमाणका आधारमा मूल्यांकन गरी आफ्नो विवेक प्रयोग गर्न अपील गरेका छन्।
डा. हुसेनले आगामी २१ गतेको निर्वाचनमा सबै मतदाताहरूले शान्तिपूर्ण, निष्पक्ष र विवेकपूर्ण ढंगले आफ्नो मताधिकार प्रयोग गरी उपयुक्त उम्मेदवार छनोट गर्न हार्दिक अनुरोध गरेका छन्।