बैतडी–१ मा कांग्रेसको बलियो लहर : चतुर बहादुर चन्द जित नजिक

theoutsidenepal.com

बैतडी — प्रतिनिधि सभा निर्वाचन अन्तर्गत बैतडी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसको पक्षमा उत्साहजनक माहोल देखिएको छ। नेपाली कांग्रेसका प्रभावशाली युवा नेता चतुर बहादुर चन्द को उम्मेदवारीसँगै क्षेत्रभर चुनावी सरगर्मी उच्च बनेको छ।


राजनीतिक र खेलकुद दुवै क्षेत्रमा सक्रिय पहिचान बनाएका चन्दलाई समर्थकहरूले “क्रिकेट जगतका भगवान” भनेर सम्बोधन गर्दै आएका छन्। उनी हाल Cricket Association of Nepal (क्यान) का अध्यक्षसमेत हुन्। नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय उचाइमा पुर्‍याउन उनले खेलेको भूमिकालाई लिएर युवापंक्तिमा विशेष आकर्षण देखिएको छ।


बैतडी–१ का गाउँ–गाउँमा घरदैलो, भेटघाट र चुनावी सभाहरू तीव्र भइरहेका छन्। स्थानीय मतदाताहरूले विकास, खेलकुद पूर्वाधार विस्तार, रोजगारी सृजना र समृद्धिको स्पष्ट एजेण्डा बोकेर अगाडि बढेका कारण चन्दलाई जिताउनुपर्ने नेता भएको धारणा व्यक्त गरिरहेका छन्।


विशेषगरी युवा वर्ग र खेलकुद क्षेत्रमा आबद्ध समुदाय चन्दको पक्षमा खुलेर लागिपरेको देखिन्छ। “अब बैतडीमा नयाँ ऊर्जा र नयाँ सोच आवश्यक छ, त्यसका लागि चन्दको जित अनिवार्य छ,” समर्थकहरूको भनाइ छ।


चुनावी अभियान तीव्र बन्दै जाँदा बैतडी–१ मा चतुर बहादुर चन्दको जित नजिकिँदै गएको विश्लेषण हुन थालेको छ। कांग्रेस कार्यकर्ता तथा शुभेच्छुकहरू जित सुनिश्चित गर्न संगठित रूपमा मैदानमा उत्रिएका छन्।


प्रतिक्रिया