वाणी बजारमा घरदैलो अभियान तीव्र : एनपी साउदको पक्षमा उत्साहजनक माहोल

theoutsidenepal.com

कञ्चनपुर क्षेत्र नं. २ अन्तर्गत कृष्णपुर नगरपालिका–२ वाणी बजारमा नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व परराष्ट्र मन्त्री एनपी साउद को घरदैलो कार्यक्रम उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ।


घर–घर पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै साउद ज्युले क्षेत्रको समग्र विकास, सडक तथा पूर्वाधार विस्तार, शिक्षा–स्वास्थ्य सुधार र रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। स्थानीय व्यापारी, युवायुवती तथा आमा–बुबाहरूले पनि सकारात्मक प्रतिक्रिया जनाउँदै विकासको निरन्तरताका लागि समर्थन रहने बताएका छन्।


वाणी बजार क्षेत्रमा बढ्दो जनलहरले चुनावी माहोल झन् तातेको छ। कार्यकर्ताहरूका अनुसार घरदैलो अभियानसँगै जनसमर्थन थप सुदृढ बन्दै गएको छ।


प्रतिक्रिया