मोरङ–२ मा घण्टीको लहर : कृष्ण कुमार कार्कीको पक्षमा बढ्दो जनसमर्थन, अत्याधिक मतले विजय गराउने अपिल

theoutsidenepal.com

मोरङ क्षेत्र नम्बर–२ मा चुनावी सरगर्मी तीव्र बन्दै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रत्यक्ष उम्मेदवार कृष्ण कुमार कार्कीलाई लिएर जनलहर बढ्दो देखिएको छ। समाजसेवा, पूर्वाधार विकास र आपतकालीन राहतमा लामो अनुभव संगालेका कार्कीलाई स्थानीय मतदाताले आशाको केन्द्रका रूपमा हेर्न थालेका छन्।


जापानबाट Construction Management मा Graduation Certification तथा Sports मा Diploma हासिल गरेका कार्कीले व्यवसाय, पर्यटन तथा कृषि क्षेत्रमा समेत सक्रिय अनुभव बटुलेका छन्। पूर्वाधार निर्माण व्यवस्थापन र समुदाय विकासमा विशेष दक्षता राख्ने उनी भूकम्प र COVID-19 संकटका बेला उल्लेखनीय राहत तथा सहयोग कार्यमा अग्रपंक्तिमा देखिएका थिए।


‘रक्तदान–उज्यालो अभियान’, सुत्केरी पोषण आहार वितरण, वृद्धवृद्धा तथा बालबालिका सेवा, आपतकालीन एम्बुलेन्स सेवा, जाडोमा न्यानो कपडा वितरणदेखि बाढीपीडित परिवारका लागि घर निर्माणसम्मका सामाजिक कार्यले उनलाई समुदायमा लोकप्रिय र विश्वासिलो नेतृत्वका रूपमा स्थापित गरेको समर्थकहरूको दाबी छ। १५ वर्षभन्दा बढी सामाजिक सेवाको अनुभवसँगै व्यावसायिक दक्षता र पूर्वाधार विकासको योजनालाई समेटेर दिगो परिवर्तन गर्ने प्रतिबद्धता उनले व्यक्त गर्दै आएका छन्।


रास्वपाको चुनाव चिन्ह ‘घण्टी’ लिएर मैदानमा उत्रिएका कार्कीप्रति मोरङ–२ का बुबा–आमा, दाजुभाइ तथा दिदीबहिनीहरूमा उत्साह देखिएको छ। घरदैलो अभियान, युवासँग प्रत्यक्ष संवाद र विकासका स्पष्ट एजेन्डाका कारण उनको पकड बलियो बन्दै गएको स्थानीय राजनीतिक विश्लेषकहरूको भनाइ छ।


समर्थकहरूले “घण्टीमा मतदान गरौं, अत्याधिक मतले विजय गराऔं” भन्ने नारासहित व्यापक अपिल गरिरहेका छन्। मोरङ–२ मा यसपटक परिवर्तन, पारदर्शिता र सामाजिक उत्तरदायित्वको मुद्दा केन्द्रमा रहेकाले कृष्ण कुमार कार्कीको उम्मेदवारीलाई निर्णायक मानिएको छ।

 

प्रतिक्रिया