६ महिनादेखि शय्याग्रस्त आशा गौतमलाई बेलायतबाट राजशान्ति सुनारको सहयोग

theoutsidenepal.com

६ महिनादेखि शय्याग्रस्त आशा गौतमलाई बेलायतबाट राजशान्ति सुनारको सहयोग


बागलुङकी चेली आशा गौतम विगत ६ महिनादेखि बिरामी भई शय्याग्रस्त अवस्थामा उपचारका लागि आर्थिक सहयोगको अपिल गर्दै आएकी छन्। आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेकी गौतमलाई विभिन्न व्यक्तिहरू तथा समाजसेवीहरूबाट सहयोग जुट्ने क्रम जारी रहेको छ।


यसैबीच बेलायतमा रहँदै सामाजिक सेवामा सक्रिय रहेका नेपाली समाजसेवी राजशान्ति सुनारले पनि आशा गौतमको उपचारका लागि आर्थिक सहयोग प्रदान गरेका छन्। सहयोग प्राप्त भएपछि गौतमले सामाजिक सञ्जालमार्फत राजशान्ति सुनारप्रति हार्दिक आभार व्यक्त गरेकी छन्।


उनले आफ्नो सन्देशमा राजशान्ति सुनारबाट प्राप्त सहयोगले उपचारमा ठूलो राहत पुगेको उल्लेख गर्दै उहाँको सु–स्वास्थ्य, सुख, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गरेकी छन्।


लामो समयदेखि स्वास्थ्य समस्यासँग संघर्ष गरिरहेकी आशा गौतमको उपचारका लागि देश तथा विदेशमा रहेका नेपालीहरूबाट सहयोग जुटिरहेको छ। समाजसेवी राजशान्ति सुनारको सहयोगले मानवता र सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको स्थानीयवासीले बताएका छन्।


प्रतिक्रिया