मुगुका गणेश नेपालीको पशुपति आर्यघाटमा अन्त्येष्टि

theoutsidenepal.com

मुगुका गणेश नेपालीको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । काठमाडौँको त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको आज (सोमबार) पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

त्रिपुरेश्वरमा आत्मदाहको प्रयासपछि गम्भीर घाइते भएका नेपालीलाई तत्काल उपचारका लागि वीर अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको दुःखद निधन भएको थियो। निधनपछि परिवारले विभिन्न माग राख्दै शव बुझ्न अस्वीकार गरेका थिए।

आइतबार नेपाल सरकार, काठमाडौँ महानगरपालिका तथा पीडित परिवारबीच ९ बुँदे सहमति भएपछि परिवारले शव बुझेको हो। सहमतिपछि पोस्टमार्टमसहित आवश्यक कानुनी प्रक्रिया पूरा गरी सोमबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ।

गणेश नेपालीको निधनले परिवार, आफन्त तथा शुभेच्छुकहरूलाई गहिरो शोकमा डुबाएको छ। अन्त्येष्टिका क्रममा परिवारजन, आफन्त, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा शुभेच्छुकहरूको उपस्थिति रहेको थियो।

दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना।


प्रतिक्रिया