एनआरएनए चिबाको सांस्कृतिक महोत्सवलाई वरिष्ठ उपाध्यक्ष शेरचनको महत्वपूर्ण सहयोग

theoutsidenepal.com

एनआरएनए चिबाको सांस्कृतिक महोत्सवलाई वरिष्ठ उपाध्यक्ष शेरचनको महत्वपूर्ण सहयोग

जापानमा नेपाली भाषा, कला, संस्कृति तथा परम्पराको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको ‘2nd Chiba Nepal Cultural Festival 2026’ लाई सफल बनाउन गैरआवासीय नेपाली संघ (एनआरएनए) का वरिष्ठ उपाध्यक्ष तथा सफल व्यवसायी एवं समाजसेवी रोविन प्रसाद शेरचनले महत्वपूर्ण सहयोग गरेका छन्।

जापानमै जन्मिएका तथा हुर्किरहेका नयाँ पुस्ताका बालबालिकालाई नेपाली पहिचान, संस्कार र संस्कृतिबारे परिचित गराउने उद्देश्यसहित एनआरएनए चिबाले आयोजना गरेको उक्त सांस्कृतिक महोत्सवमा शेरचनले Powered By का रूपमा सहयोग गरेका हुन्।

एनआरएनए एनसीसी जापानका पूर्वअध्यक्ष नबिन निउरेले सामाजिक सञ्जालमार्फत शेरचनप्रति धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दै उनको अमूल्य सहयोग, सद्भाव र योगदानको उच्च सम्मान गरेको बताएका छन्।

महोत्सव व्यवस्थापन समिति तथा एनआरएनए चिबा कार्यसमिति परिवारले नेपाली संस्कृति र पहिचानको संरक्षणका लागि शेरचनको सहयोग महत्वपूर्ण रहेको उल्लेख गर्दै आभार प्रकट गरेको छ।

जापानमा नेपाली समुदायको नयाँ पुस्तालाई आफ्नो मौलिक भाषा, संस्कृति र परम्परासँग जोड्ने लक्ष्यसहित आयोजना हुने ‘2nd Chiba Nepal Cultural Festival 2026’ ले नेपाली समुदायबीच सांस्कृतिक एकता र पुस्तान्तरणमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।


प्रतिक्रिया