गोरखा — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता प्रकाश चन्द्र परियारको टोलीको गाडी तोडफोड भएको छ। हिजो विहान ७ बजे भिमसेन थापा गाउँपालिका–३, कमलटारमा वडा अधिवेशनका लागि पार्टीका तर्फबाट परियार, धनेज थापा र पर्यटन विभाग सदस्य प्रकाश लामिछानेसहितको टोली पुगेको थियो।
टोलीमा रहेका धनेज थापाको वागमती प्रदेश ०२५ च ७०३० नम्बरको गाडी पार्किङ स्थलमै तोडफोड भएको र यसबारे धेरैजना साथीहरुले चासो, चिन्ता र सुरक्षा खोजिरहेका थिए। परियारले संभावित राजनीतिक प्रपञ्च, षड्यन्त्र, प्रतिशोध र हुलदबाजको बहुकोणलाई मध्यनजर गर्दै प्रहरीमा उजुरी गरिसकेको जानकारी दिएका छन्।
उनका अनुसार टोली र सहभागी सबै सुरक्षित छन्। घटना भए पनि कार्यक्रम केही ढिला भए पनि सफलतापूर्वक सञ्चालन गरिनेछ र स्थगित हुने छैन। थप जानकारीका लागि स्थानीय रास्वपा नेता प्रकाश लामिछानेसँग सम्पर्क गर्न सकिने बताइएको छ।