काठमाडौं/अमेरिका । गैरआवासीय नेपाली संघ (NRNA) अमेरिका अन्तर्गत सशक्त, सक्रिय तथा समर्पित महिला नेतृत्व टोलीको औपचारिक घोषणा गरिएको छ।
एनआरएनए एनसिसी अमेरिकाकी उपाध्यक्ष सुनिता खत्री ले नेतृत्व टोली सार्वजनिक गर्दै विभिन्न क्षेत्र र समुदायको प्रतिनिधित्व गर्ने महिलाहरूलाई समेटिएको बताएकी छन्। उनका अनुसार टोलीका सदस्यहरूले आफ्ना अनुभव, उत्साह र प्रतिबद्धतासहित समुदायको सेवा तथा उत्थानमा योगदान पुर्याउने लक्ष्य राखेका छन्।
टोलीका संयोजक तथा सदस्यहरूलाई विभिन्न क्षेत्रगत जिम्मेवारी प्रदान गरिने जनाइएको छ, जसले प्रभावकारी सहकार्य र अर्थपूर्ण कार्यक्रम सञ्चालनमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ। साझा लक्ष्य र सहकार्यमार्फत सकारात्मक तथा दीर्घकालीन परिवर्तन ल्याउने उद्देश्य टोलीले लिएको छ।
यसैगरी, सल्लाहकार समिति (Advisory Committee) ले आफ्नो अनुभव र मार्गदर्शनमार्फत टोलीको कार्यलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइएको छ।
महिला सशक्तिकरण, एकता र समुदायिक विकासलाई केन्द्रमा राख्दै अघि बढ्ने यस पहलले प्रवासी नेपाली समुदायमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।