“हाकाहाकी रुखमा मत हालिन्छ” : युवा नेता लोकनाथ अधिकारीको चुनावी सन्देश

theoutsidenepal.com

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता लोकनाथ अधिकारीले आगामी निर्वाचनलाई लक्षित गर्दै सामाजिक सञ्जालमार्फत प्रतीकात्मक र भावनात्मक सन्देश सार्वजनिक गरेका छन्। उनले “यस पटक लुकेर होइन, हाकाहाकी रुखमा मत हालिन्छ” भन्दै खुला समर्थन र लोकतान्त्रिक सहभागितामा जोड दिएका छन्।


उनले आफ्नो स्टाटसमा धार्मिक–सांस्कृतिक प्रतीकहरू समेट्दै नेपाली समाजको परम्परा, मूल्य र एकताको भावना झल्काएका छन्। न्यानो घाम ताप्दै मन्दिरमा पूजा गर्ने, गौमाताको सम्मान गर्ने र अन्ततः रुखको छायाँमा सबैलाई समेटेर देश बचाउने तथा देश निर्माण गर्ने सन्देश उनले व्यक्त गरेका छन्।


अधिकारीको उक्त अभिव्यक्ति चुनावी माहोलबीच सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ। समर्थकहरूले यसलाई नेपाली कांग्रेसप्रतिको स्पष्ट प्रतिबद्धता र लोकतान्त्रिक मूल्यप्रतिको आह्वानका रूपमा लिएका छन्।


प्रतिक्रिया