रामेछापमा ‘आँखा’ चिन्हको लहर, इन्जिनियर वीरेन्द्र श्रेष्ठ विजय नजिक

theoutsidenepal.com

रामेछाप । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै रामेछापमा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार वीरेन्द्र श्रेष्ठ को पक्षमा उत्साहजनक माहोल देखिएको दाबी गरिएको छ। ‘आँखा’ चुनाव चिन्हसहित मैदानमा उत्रिएका श्रेष्ठलाई अत्यधिक मतले विजयी गराउन समर्थकहरूले सार्वजनिक अपिल जारी गरेका छन्।


इन्जिनियर पृष्ठभूमिका उम्मेदवार श्रेष्ठले “नोकरी खोज्ने होइन, सिर्जना गर्ने” र “जागिर होइन, रोजगारी सिर्जना गर्ने” प्रतिबद्धतासहित अभियान अघि बढाएका छन्। पूर्वाधार विकास, स्थानीय उत्पादन प्रवर्द्धन, युवा उद्यमशीलता र रोजगारी सिर्जनालाई मुख्य एजेन्डा बनाएका कारण उनको उम्मेदवारीलाई विकासमुखी कदमका रूपमा प्रस्तुत गरिएको छ।


घरदैलो कार्यक्रम, अन्तरक्रिया तथा चुनावी भेटघाटमा देखिएको सहभागिताले रामेछापमा ‘आँखा’ चिन्हप्रति आकर्षण बढिरहेको समर्थकहरूको भनाइ छ। “आँखाले हेर्नुहोस्, आँखामै मत दिनुहोस्” भन्ने नारासहित चलिरहेको अभियानले मतदातामा उत्साह थपेको बताइएको छ।


स्थानीय राजनीतिक वृत्तमा चर्चा छ—यसपटक रामेछापमा विकास र प्राविधिक नेतृत्वको मुद्दा प्रमुख बनेको छ, र इन्जिनियर वीरेन्द्र श्रेष्ठ विजय नजिक पुगेको आकलन गरिएको छ। समर्थकहरू विश्वस्त छन्, जनताको मतले रामेछापलाई प्रगति, विकास र समृद्धिको नयाँ यात्रामा अघि बढाउनेछ।


प्रतिक्रिया