कोरियाबाट सिधै आफ्नै ब्रान्डमा ब्युटी बिजनेस सुरु गर्ने मौका: 'कोरियन ब्युटी कोर्ट' ले ल्यायो यस्तो योजना

theoutsidenepal.com

K-Beauty को विश्वव्यापी लहर: ‘कोरियन ब्युटी कोर्ट’ मार्फत नेपाली उद्यमीलाई आफ्नै ब्रान्ड बनाउने अवसर


सियोल, दक्षिण कोरिया – विश्वभर फैलिएको ‘K-Beauty’ ट्रेन्डसँगै Korean Beauty Court (KBC) ले नेपाली उद्यमीहरूका लागि नयाँ व्यावसायिक अवसर प्रस्तुत गरेको छ। संस्थाकी अध्यक्ष सृजना नेपाली का अनुसार अब नेपाली व्यवसायीहरूले दक्षिण कोरियामै उत्पादन गरिएका स्किनकेयर तथा कस्मेटिक्स आफ्नै ब्रान्ड नाममा विश्व बजारमा ल्याउन सक्नेछन्।


KBC ले उपलब्ध गराएको Private Label (OEM/ODM) सेवामार्फत साना तथा मध्यम स्तरका उद्यमीहरूले पनि आफ्नो ब्रान्ड विकास गर्न सक्नेछन्। यस अन्तर्गत फेसियल सिरम, क्रिमदेखि मेडिकल एस्थेटिक्ससम्मका उत्पादनहरू ब्रान्डअनुसार तयार गरिने व्यवस्था रहेको छ।


संस्थाले उत्पादन विकास, प्याकेजिङ, ब्रान्डिङ, तालिम, तथा अन्तर्राष्ट्रिय ढुवानीसम्मको ‘एन्ड-टु-एन्ड’ सेवा दिने जनाएको छ। नेपाल, अमेरिका, युरोप र जापानसम्म सिधा सप्लाई चेन उपलब्ध गराइने पनि बताइएको छ।


अध्यक्ष नेपालीले नेपाली बजारमा कोरियन स्किनकेयरको उच्च माग रहेको उल्लेख गर्दै आधिकारिक उत्पादन र ब्रान्डिङमा देखिएको समस्या समाधान गर्न यो पहल गरिएको बताइन्।


विश्व बजारमा K-Beauty उद्योग तीव्र रूपमा विस्तार भइरहेका बेला डिजिटल प्लेटफर्महरू (जस्तै Amazon, TikTok Shop) मार्फत सानो लगानीमै अन्तर्राष्ट्रिय व्यापार सुरु गर्न सकिने भएकाले अहिलेको समय उपयुक्त रहेको KBC को दाबी छ।


उद्यमीहरूले आफ्नो लक्ष्य बजार र ब्रान्ड पहिचान तय गरी ३–६ महिनाभित्र उत्पादन बजारमा ल्याउन सक्ने गरी KBC ले व्यवसायिक मार्गदर्शनसमेत प्रदान गर्ने जनाएको छ।


इच्छुक व्यवसायीहरूले दक्षिण कोरियास्थित KBC सँग सिधा सम्पर्क गरी प्रक्रिया सुरु गर्न सक्नेछन्।


प्रतिक्रिया