कैलाली–५ मा ‘तारा’ चिन्हका पक्षमा अपिल, प्रेमबहादुर आलेलाई अत्यधिक बहुमत दिलाउन आग्रह

theoutsidenepal.com

धनगढी । कैलाली क्षेत्र नम्बर ५ मा यसपटक ‘तारा’ चुनाव चिन्हका पक्षमा व्यापक समर्थन जुटिरहेको दाबी गर्दै स्थानीय समर्थकहरूले विकासप्रेमी नेता प्रेम बहादुर आले लाई अत्यधिक बहुमतका साथ विजय गराउन आह्वान गरेका छन्।


समर्थकहरूले सार्वजनिक अपिल जारी गर्दै कैलाली–५ का सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीलाई तारा चिन्हमा मतदान गरी आलेलाई विजयी बनाउन अनुरोध गरेका छन्। उनीहरूले पूर्वमन्त्रीका रूपमा आलेले पुर्‍याएको योगदान, विकासप्रति देखाएको प्रतिबद्धता र क्षेत्रीय हितमा खेलेको भूमिकालाई स्मरण गराउँदै यसपटक पनि जनताले विश्वास दोहोर्याउने विश्वास व्यक्त गरेका छन्।


धनगढीका विभिन्न स्थानमा चुनावी भेटघाट र घरदैलो अभियान तीव्र बनाइएको बताइएको छ। समर्थकहरूका अनुसार विकास, स्थिरता र स्पष्ट दृष्टिकोणका लागि प्रेमबहादुर आले उपयुक्त विकल्प भएको जनमत बढ्दो छ।


राजनीतिक माहोल ततिँदै जाँदा कैलाली–५ मा ‘तारा’ चिन्हको चर्चा चुलिएको छ। समर्थकहरूको दाबी छ—यसपटकको मतदानले क्षेत्रको विकास यात्रालाई नयाँ उचाइमा पुर्‍याउनेछ र प्रेमबहादुर आलेको विजय सुनिश्चित गर्नेछ।


प्रतिक्रिया